वर्षाको समयमा कस्तो मेकअप गर्ने ?
वर्षामा लामो समयसम्म मेकअप टिकाउन चुनौतीपूर्ण हुन्छ । यदि मौसमअनुरूप मेकअप गरे यो मौसममा पनि मेकअप लामो समयसम्म टिक्छ । वर्षाको समय भए पनि छालालाई नरम बनाउनुपर्छ । त्यसैले गुणस्तरीय मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

हालै जुम ब्युटी एकेडेमीले बालाजुस्थित नयाँ शाखा बिस्तार गरको छ । शाखाको उद्घाटन नायिका सुरक्षा पन्त र गायक सुमग पोखरलेलले गरेका थिए । २० वर्षअघि सुरु गरेको जुमको यो नवौं शाखा हो । अहिलेसम्म जुमले हजारौं महिलालाई सीप प्रदान गरेर उनीहरूलाई आत्मनिर्भर बनाई महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको सञ्चालक जुनु चक्रधरले बताइन् । साथै उनले सौन्दर्य क्षेत्रमा नौलो आयामका साथ क्रान्ति ल्याई देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्य रहेको उल्लेख गरिन् ।
यहाँ ब्युटीसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध छन् । साथै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय कक्षाहरू सञ्चालन हुँदै आएका छन् । यहाँ फूल ब्युटी कोर्स, मास्टर इन हेयर स्टाइलिस, मास्टर इन नेल्स टेक्निसियन, मास्टर इन हेयर केमिकल, मास्टर इन माइक्रोब्लेडिङ एण्ड माइक्रोसेडिङ, ल्यासेस एक्सटेन्सन, पर्मिङ, टिन्टिङ एण्ड लेमिनेसन, मोल मेकिङ आदि कोर्स लिन सकिनेछ ।