Successfully Copied

अर्पण थापा,अभिनेता तथा निर्देशक

म आफूलाई फेसनेबल ठान्दिन । तर टिपटप भएर हिँड्न मन पराउँछु । मलाई क्याजुअल पहिरन मनपर्छ ।

अभिनयकै कारण चर्चामा रहने अर्पण थापा हरेक चलचित्रमा भिन्नाभिन्नै चरित्रमा देखिने गरेका छन् । फरक चरित्रमा उनले आफूलाई सजिलै रूपान्तरण गरेको पाइन्छ । कहिले रहस्यमयी पुरुष त कहिले ग्याङस्टारका रूपमा उनले आफूलाई बदलेका छन् । ‘मौन’ मा बोल्न नसक्ने पात्रको भूमिका, ‘चपली हाइट–३’ मा रहस्यमयी पात्र, ‘मुखौटा’ मा ग्याङस्टारको भूमिका देखिए । ‘सिक सिटी’ बाट अभिनय यात्रा सुरु गरेका उनले केही चलचित्रको निर्देशन पनि गरेका छन् । ‘मुखौटा’, ‘आधा लभ’, ‘सुनकेशरी’, ‘घर’ उनले निर्देशन गरेका चलचित्र हुन् । 

पहिरन

म आफूलाई फेसनेबल ठान्दिन । तर टिपटप भएर हिँड्न मन पराउँछु । मलाई क्याजुअल पहिरन मनपर्छ । स्पोर्टी पहिरनमा आफूलाई सहज महसुस गर्छु । जिन्सभन्दा ट्रयाक सुट बढी किन्छु ।

जुत्ता

म जुत्ताको सौखिन छु । मसँग जुत्ताको राम्रो कलेक्सन छ । म जुत्तामा पैसा खर्च गर्छु । स्निकर मलाई मन पर्छ । ब्रान्ड कन्सस त म छैन तर जुत्ता भने ब्रान्डेड नै किन्ने कोसिस गर्छु । ब्रान्डेड जुत्ता सहज हुनुका साथै अरुसँग जुध्दैन । गुणस्तरीय हुने भएकाले धेरै समयसम्म पनि टिक्छ । जुत्ताको किनमेल भने म बाहिर गएको बेला नै गर्छु । 

घडी

घडी प्रायः म छुटाउँदिन । घडीको डिजाइन परिवर्तन गरिरहन्छु । तर धेरै महँगो घडी भने लगाउँदिन । अहिले ‘स्मार्ट वाच’ लगाइरहेको छु । 

सनग्लास

सनग्लास मलाई मनपर्दैन । सनग्लासमा म सहज महसुस गर्दिन । 

एसेसरिज

मलाई एसेसरिज लगाउन त्यति मन लाग्दैन । राशिअनुसारको पत्थरको औंठी लगाउँथे अहिले घाँटीमा लगाएको छु । तर लुकाउँछु । 

ग्याजेट 

खासै म अपडेट गर्दिन । हेडफोनको भने सोखिन नै छु । मसँग हेडफोन धेरै छ । 

गाडी

मलाई गाडीको सोख छ । गाडी धेरै फेरिरहने कुरा त हुँदैन तर म गाडी खरिद गर्दा ब्रान्डलाई ध्यान दिन्छु । टोयटा, मर्सिडिजको गाडी चढिसकेँ । अहिले रेनल्टको ‘क्विड’ चढिरहेको छु । 

 

 Image