Successfully Copied

टुप्पी डोसा

काजुलाई घिउमा तार्ने र त्यसमा काटेको प्याज र टमाटर हालेर फ्राई गर्ने । त्यसपछि जिरा–धनियाँ एवं खुर्सानीको धूलो, नुन हालेर केही समय पकाउने र निकालेर सेलाउन दिने ।

सामग्री : जिरा मसिनो चामल दुई सय ग्राम, मुङको दाल एक सय, ग्राम बेसन एक सय ।

विधि : चामल र मुङको दाल भिजाउने र मिक्सरमा मसिनो हुने गरी पिस्ने । पीठोमा बेसन मिसाएर ब्याटर बनाउने । तावामा तेल तताएर कपडाले सबैतिर पुछ्ने त्यसपछि अघि तयार गरेको ब्याटर हालेर हल्लाउँदै पातलो र गोलो हुने गरी पकाउने । 

साम्बरका लागि

सामग्री : गाजर, सिमी, पाकेको फर्सी, लौका, आधा किलोग्राम रहरको दाल, नुन जिरा र धनियाँको दाना (भिजाएर पिस्ने), साम्बर मसला । 

विधि : माथि तयार पारेको तरकारीलाई मसिनो गरी काटेर राख्ने । रहरको दाललाई उसिन्ने र त्यसमा काटेर राखेको तरकारी राख्ने । त्यसमा माथिको मरमसला हाल्ने र दुई घण्टाजति सानो आगोमा पकाउने । कराहीमा थोरै घिउ हालेर खुर्सानी, अदुवा चप, करी पत्ता, हिङ, कालो सर्स्युं हालेर साम्बरमा तड्का लगाउने ।

अचार

चनाको दाल तेलमा फ्राई गर्ने र काँचो नरिवललाई छोडाएर दुवैलाई मिक्सरमा पिस्ने । त्यसमा खुर्सानी, अदुवा, नुन मिक्स गरेर अचार बनाउने ।

टमाटर अचार

काजुलाई घिउमा तार्ने र त्यसमा काटेको प्याज र टमाटर हालेर फ्राई गर्ने । त्यसपछि जिरा–धनियाँ एवं खुर्सानीको धूलो, नुन हालेर केही समय पकाउने र निकालेर सेलाउन दिने । सेलाएपछि मिक्सरमा पेस्ट बनाउने । 

 

- एमडी रिजवाल

सेफ, गंगोर रेस्टुरेन्ट

 Image