कुसुम बनिन् : मिस साउथ इस्ट एसिया नोबल
इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवर महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् ।
बेपत्ता श्रीमान्को खोजीमा निस्किएकी एउटी साहसी महिलाको कथावस्तुमा आधारित चलचित्र ‘राधा’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा ‘मिस नेपाल’ को उपाधि जितिसकेकी सृष्टि श्रेष्ठ छिन् ।
आगामी भदौ १० बाट देशव्यापी रूपमा प्रदर्शन हुने भनिएको उक्त चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ आदिको अभिनय देख्न सकिनेछ ।
चलचित्रको लेखन तथा निर्देशन सुवर्ण थापाले गरेका छन् भने सौगात मल्ल, देवकी विष्ट एवं विक्रमदास जोशीले निर्माण गरेका हुन् । नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद देवकोटाको संगीत रहेको चलचित्रको ट्रेलर विपिन मल्लले सार्वजनिक गरेका हुन् ।