‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
काठमाडौंको महाराजगंजस्थित एनसेल सेन्टरमा महिला कर्मचारी मात्रै राखिएका छन् । महिला सशक्तीकरण, लैंगिक समानता र समुदायको विकास गर्ने उद्देश्यले सेन्टरमा महिला कर्मचारी मात्रै राखिएको कम्पनीले जनाएको छ । सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीका साथै विभिन्न कर्पोरेट सेवाहरू लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी, ग्राहकले सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफरलगायतका सेवाहरू पनि लिन सक्ने कम्पनीले जनाएको छ ।
