दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।
साहित्यकार एवं लेखक मोतीशोभा श्रेष्ठले नेपाल भाषाका लघु उपन्यास संग्रह र नेपालमा घरेलु उद्योगको विकास पुस्तक बजारमा ल्याएकी छन् । नेपाल भाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाले मोतीशोभाका दुई पुस्तक हालै काठमाडौंमा लोकार्पण गरेका हुन् । लेखिकाले आफ्नो पुस्तकमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्वपूर्ण पक्षलाई सरल भाषामा प्रस्तुत गरेकी छन् ।
त्यस्तै, कुलपति यज्ञरत्नले डा. सिर्जना श्रेष्ठ र डा. सविना श्रेष्ठको नेपाल भाषाका दुई कवितासंग्रह समेत लोकार्पण गरेका छन् । कवि सिर्जनाले आफ्नो कवितासंग्रहमा मान्छे, मन र मानव जीवनका भावनात्मक यात्रा अनि त्यसभित्रका आरोह–अवरोह बीच अलमलिएका मानिसको परिचय, माया र सम्बन्धका आभाष भेटिन्छ । यसैगरी, कवि सविनाका कवितासंग्रहमा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायहरु कोरिएको भेटिने छ । यसअघि यी पुस्तकहरु नेपाली भाषामा पनि प्रकाशित भइसकेका छन् ।
