Successfully Copied

महिला ओपन गल्फ 

‘महिला ओपन गल्फ’ प्रतियोगिता सम्पन्न भएको छ ।

‘महिला ओपन गल्फ’ प्रतियोगिता सम्पन्न भएको छ । नेपालमा पहिलो पटक आयोजित यो प्रतियोगिताका विजेता खेलाडीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पदक र पुरस्कार प्राप्त गरे । ‘रोयल नेपाल गल्फ क्लब’मा आयोजित प्रतियोगितामा सुष्मा सिग्देल विजेता घोषित भइन् । सिग्देललाई स्कुटरसहित पदक र प्रमाणपत्रद्वारा सम्मान गरियो । 

महिला गल्फरको सशक्तीकरण नारासहित आयोजित प्रतियोगितामा ४० स्कोरसहित सिग्देल विजेता बनेकी हुन् भने उनीभन्दा २ स्कोर कम गरेकी काश्मिरा शाह उपविजेता बनिन् । काश्मिराले सर्वाधिक ३ बर्डिज प्रहार गरेर मस्ट वर्डिज विधाको पुरस्कार प्राप्त गरिन् । 

यसैगरी सिनियरतर्फ ३७ स्कोरसहित रेखा घिमिरे च्याम्पियन बनेकी छिन् भने कल्याणी मोक्तानले दोस्रो स्थान हासिल गरिन । 

कार्यक्रमका उपविजेतासहित विभिन्न विधाका खेलाडीलाई साइकल, टर्किस एयरलाइन्सबाट हवाई टिकटलगायत आकर्षक पुरस्कार प्रदान गरिएको थियो । 

प्रमुख अतिथि राष्ट्रपति भण्डारीले पहिलेदेखि खेलिँदै आएको गल्फ खेलको प्रवर्द्धनका लागि राज्यले उचित समन्वय गर्नुपर्ने धारणा राखेकी थिइन् । 

 

 Image