Successfully Copied

सरल मेकअप 

मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । जति नै राम्रो मेकअप भए पनि खुल्दैन । 

मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । जति नै राम्रो मेकअप भए पनि खुल्दैन । 

छालाको प्रकारअनुसार मेकअप गर्नुपर्छ । मेकअप गर्दा छालालाई असर नपुर्‍याउने कुरामा ध्यान दिनुपर्छ । मेकअपका सामग्री गुणस्तरीय हुनुपर्छ । कमसल सामग्रीले अनुहारको छालालाई असर मात्र गर्दैन, मेकअप पनि राम्रो देखिँदैन । 

मेकअप गर्नुअघि सफा पानीले अनुहार धोएर क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि नरम कपडाले पुछेर सिरमको प्रयोग गर्नुपर्छ । यसले संवेदनशील छालालाई सन्तुलनमा ल्याउँछ । दुई–तीन थोपा सिरम पूरै अनुहारमा लगाउनुपर्छ । सिरम लगाइसकेपछि ‘मोस्चराइजर’ लगाउनुपर्छ । छालामा समस्या भए चर्म रोग विशेषज्ञको सल्लाहअनुसार ‘मोस्चराइजर’ लगाउनुपर्छ । धेरैले मेकअप गर्दा ‘फाउन्डेसन’ धेरै प्रयोग गर्ने गर्छन् । ‘फाउन्डेसन’ को प्रयोग गर्नुअघि मेकअपको सुरुवातको स्टेपलाई राम्रोसँग जान्न जरुरी हुन्छ । 

‘मोस्चराइजर’ लगाइसकेपछि ‘प्राइमर’ लगाउनुपर्छ । अनुहारमा चाउरीपन भए त्यही अनुरूपको ‘प्राइमर’ बजारमा पाइन्छ । त्यसपछि ‘करेक्टर’ वा ‘न्युट्रोलाइजर’ को सहायताले अनुहारको कालो–खैरो दाग भएको ठाउँमा ‘प्राइमर’ लगाउनुपर्छ । छालामा डन्डिफोर भए हरियो रंगको ‘कन्सिलर’ को प्रयोग गर्नुपर्छ । त्यसपछि राम्रोसँग ‘ब्लेन्डर’ ले ‘ब्लेन्ड’ गर्नुपर्छ । त्यसपछि छालाअनुसारको ‘फाउन्डेसन’ पूरै अनुहारमा लगाउनुपर्छ । ‘फाउन्डेसन’ चाहिने मात्रा भन्दा धेरै लगाउनु हुँदैन । धेरैलाई अनुहारमा ‘फाउन्डेसन’ जति धेरै लगायो त्यति नै सुन्दर देखिन्छ भन्ने भ्रम छ, जुन एकदमै गलत हो । छाला चिल्लो छ भने ‘म्याट फाउन्डेसन’ लगाउनुपर्छ । मेकअप गर्दा अनुहारको छाला ‘हाइड्रेट’ हुनु एकदमै जरुरी हुन्छ । ‘ज लाइन’ र घाँटीतिर पनि ‘फाउन्डेसन’ लगाएर राम्रोसँग ‘ब्लेन्ड’ गर्नुपर्छ । मेकअप सुन्दर देखाउन राम्रोसँग ‘ब्लेन्ड’ हुनु जरुरी हुन्छ । 

अनुहारको परिभाषा ‘आइब्रो’ ले दिन्छ । यसको सही सेपले अनुहारको सौन्दर्य बढाउँछ । धेरै कालो रंगले ‘आइब्रो’ बनाउँदा अनुहारलाई नै नराम्रो देखाउँछ । ‘ब्राउन’ र ‘डार्क ब्राउन’ मिलाएर लगाउँदा बनावटी देखिँदैन । ‘आइब्रो’ बनाइसकेपछि पहिरनसँग संयोजन मिलाएर ‘आइस्याडो’ लगाउनुपर्छ । यो लगाउँदा ब्रसले थोरै लिएर मज्जाले ‘ब्लेन्ड’ गर्नुपर्छ । एकैपटक धेरै ‘आइस्याडो’ लगाउँदा भद्दा देखिन्छ । ‘न्यूड मेकअप’ गर्दा ‘ग्लिटर’ को प्रयोग नगरेकै राम्रो हुन्छ । ‘लाइनर’ लगाउने बानी छ भने एकदमै मसिनो गरी लगाउनुपर्छ । आँखाको मुनिको भागमा गाजल नलगाउनु नै बेस हुन्छ । सानो आँखा छ भने सेतो पेन्सिलको प्रयोग गर्न सकिन्छ । मस्काराको प्रयोग जरुरी हुन्छ । यसले परेलालाई घना देखाउने काम गर्छ । त्यसपछि सबै अनुहारमा ‘लुज पाउडर’ लगाउनुपर्छ । यसले मेकअप सेट गर्ने काम गर्छ । ‘लुज पाउडर’ लगाइसकेपछि ‘कन्ट्रोरिङ’ गर्ने यसले अनुहारको सही ‘सेप’ देखाउँछ । ‘ब्राउन’ र ‘डार्क ब्राउन’ मिलाएर ‘कन्ट्रोरिङ’ गरिन्छ । ‘रोज’ वा ‘ब्लसर’ को सट्टा फिक्का ‘पिंक’ र ‘पिंक’ रंग मिलाएर लगाउँदा राम्रो देखिन्छ । त्यसपछि ‘हाइलाइटर’ ले ‘हाइलाइट’ गर्नुपर्छ । ‘गोल्ड’ वा ‘सिल्भर हाइलाइटर’ को प्रयोग गर्न सकिन्छ । आफ्नो पहिरनसँग मिल्ने रंगको ‘लिपिस्टिक’ को प्रयोग गर्नुपर्छ । मेकअप पूरा भएपछि ‘फिक्सर स्प्रे’ को सहायताले मेकअप ‘फिक्स’ गर्नुपर्छ । यसले मेकअप लतपत हुन दिँदैन । लामो समयसम्म टिक्छ र अनुहारलाई ताजा देखाउँछ । 

मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । मेकअप गरेपछि केशलाई त्यत्तिकै छोड्दा राम्रो देखिँदैन । जति नै राम्रो मेकअप भए पनि खुल्दैन । ‘क्याजुअल वेयर’ मा केशलाई खुल्ला वा ‘पोनिटेल’ बनाउन सकिन्छ । कुर्ता, साडीमा हल्का कर्ल गर्न सकिन्छ, बेहुली मेकअपमा जुरो बनाउन सकिन्छ । राति सुत्नुअघि अनुहारलाई राम्रोसँग ‘क्लिन्जिङ’ र ‘मोस्चराइजर’ लगाउन जरुरी हुन्छ ।

- निकिता श्रेष्ठ

मेकअप आर्टिस्ट

 Image