५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू

सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदूषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर चारमा प्रदूषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन् । एक, दुई, तीन नम्बर शिविर भने तुलनात्मक रूपमा सफा रहेको उनले बताइन् । नेपालको पहिलो महिला चिकित्सकका रूपमा डाक्टर भुसालले वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीे थिइन् । कोभिड—१९ को लडाइ“विरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनको भनाइ थियो । त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रोे लक्ष्य रहेको उनले बताइन् । ‘हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीका रूपमा समेत मैले सगरमाथा आरोहण गरेकी हुँ’ उनले पत्रकार सम्मेलनमा बताइन् । बाल्यकालदेखि नै डाँडाकाँडा उक्लने, पौडी खेल्ने आदि काममा संलग्न भएकीले र पछिल्लो पटक फ्रान्स, स्विटजरल्यान्डलगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उनले बताइन् । सगरमाथा आरोहणका क्रममा डाक्टर भुसालका साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) का रूपमा फुर्बा थिले शेर्पा र पासाङ गेलु शेर्पा रहेका थिए । उनको आरोहण अभियानको नेतृत्व पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गरेका थिए । अलग प्रस¨मा उनले डाक्टरी पेसा र हिमाल अरोहणलाई अब सँगसँगै मिलाएर लैजाने योजना बनाएको बताइन् । हाल धापासीस्थित ग्रयान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डाक्टर भुसालको उच्च उचाइ तथा खेल चिकित्सक भएर बिरामीहरूको सेवा गर्ने लक्ष्य रहेको छ । सन् २०२२ को सेप्टेम्बर, अक्टोबर मनास्लु हिमाल र अमादब्लम शिखर चढ्ने योजना बनाएको उनले बताइन् । सगरमाथा चढिसकेको आरोहीले त्यो भन्दा साना शिखर चढ्ने लक्ष्य किन राख्नुभयो भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘८ हजार मिटरभन्दा अग्ला मनास्लुजस्ता हिमाल सबै आरोहीका लागि सधै चुनौती हुन्, साथै ६ हजार मिटर अग्लो अमादब्लम प्राविधिक शिखर भएकाले मैले यी हिमाल चढ्ने लक्ष्य लिएकी हुँ’ आफूले नियमित रूपमा शिखरहरू आरोहण गरेको खण्डमा आधार शिविरमा स्वास्थ्य शिविर संचालन गर्न सक्ने र त्यसको प्रत्यक्ष फाइदा अन्य आरोहीहरूले लिन सक्ने उनले बताइन् ।