थिएटरमा सशक्त महिला
कलाकारहरू उषा रजक, आकांक्षा कार्की र रेखा थापा अनुभव, भोगाइका साथ थिएटरमा देखिएका महिला शक्तिहरुका रूपमा देखिएका छन् । रंगमञ्च अहिले महिलाको संसार, भोगाइ, चाहना र संघर्षलाई समाजमाझ पुर्याउने एउटा शक्तिशाली माध्यम बन्दै गएको छ ।
‘म अर्पिदिन्छु जीवन मेरो’ बोलको गीतबाट गायन यात्रा सुरु भएको हो–बिन्दिया कार्कीको । यो अवसर मिलाइदिए धनबहादुर गोपालीले । यो गीतमा स्वरपछि भने उनले विभिन्न भजनदेखि सामाजिक विषयलाई गायनमा उठाउँछिन् । सानैदेखि गीत गाउन रुचि राख्ने उनी सन्देशात्मक गीत गाउन रुचाउँछिन् । हालसालै उनले ‘चेलीको प्राण’ बोलको गीत सार्वजनिक गरेकी छन् । त्यसमा छोरी बिदाइको भावनालाई समेटिएको छ । अब उनले आमाबाट विछोड भएका पीडाहरू गीतमार्फत पस्कने तयारीमा छन् ।