‘देउडामा फ्युजन आवश्यक छ’
टिपिकल देउडा चलेनन् । त्यसकारण संगीतमा फ्युजन गरेर देउडालाई नयाँ स्वरूपमा ल्याउने प्रयास गरेकी हुँ । यसको उद्देश्य देउडा धेरैले सुनून् र हेरून् भन्ने हो ।
‘म अर्पिदिन्छु जीवन मेरो’ बोलको गीतबाट गायन यात्रा सुरु भएको हो–बिन्दिया कार्कीको । यो अवसर मिलाइदिए धनबहादुर गोपालीले । यो गीतमा स्वरपछि भने उनले विभिन्न भजनदेखि सामाजिक विषयलाई गायनमा उठाउँछिन् । सानैदेखि गीत गाउन रुचि राख्ने उनी सन्देशात्मक गीत गाउन रुचाउँछिन् । हालसालै उनले ‘चेलीको प्राण’ बोलको गीत सार्वजनिक गरेकी छन् । त्यसमा छोरी बिदाइको भावनालाई समेटिएको छ । अब उनले आमाबाट विछोड भएका पीडाहरू गीतमार्फत पस्कने तयारीमा छन् ।