Successfully Copied

‘सम्मानित महिनावारी’ बारे कार्यक्रम 

विभिन्न संघसंस्थाले महिनावारी दिवस (मे २८) लाई लक्षित गरी पाटनस्थित यलमाया केन्द्रमा विविध कार्यक्रम आयोजना गर्‍यो ।

विभिन्न संघसंस्थाले महिनावारी दिवस (मे २८) लाई लक्षित गरी पाटनस्थित यलमाया केन्द्रमा विविध कार्यक्रम आयोजना गर्‍यो । उक्त दिवसमा यो वर्षको नारा ‘विद्यालयहरूमा सम्मानित महिनावारी’ रहेको थियो । कार्यक्रममा बर्दियास्थित एक सामुदायिक विद्यालयकी प्रधानाध्यापक ममता पाठकले महिनावारी शिक्षा विद्यालय शिक्षाको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको र यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् । यस्तो शिक्षाले किशोरीहरूको सम्मानजनक महिनावारीका लागि सामाजिक र सांस्कृतिक विकृतिलाई चुनौती दिँदै तोड्न सक्छ भन्ने उनको धारणा थियो । 

त्यसैगरी, प्लान इन्टरनेसनल नेपालका नीराजन खड्काले सम्मानजनक महिनावारी हरेक किशोरी तथा महिलाको आधारभूत मानव अधिकार रहेको बताए । उनले भने, ‘सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन २०१८ ले प्रत्येक महिलाका लागि सुरक्षित र स्वस्थ महिनावारी अभ्यास सुनिश्चित गरेको छ । स्वस्थ तथा सम्मानित महिनावारीको अभ्यासका लागि विभिन्न सरोकारवालाहरूसँगको सहकार्य आवश्यक छ ।’ कार्यक्रममा एमएसएम पिए नेपालअन्तर्गतका प्लान इन्टरनेसल, केयर नेपाल, युएनएफपीएलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य थियो ।

 

 Image