Successfully Copied

बार टेन्डरमा अवसर

पछिल्लो समय बार टेन्डरमा अवसर खोज्नेहरू बढ्दै गएका छन् । काठमाडौं सीतापाइलाकी कञ्चन महर्जनलाई जुनसुकै सीप सिके पनि आफू आत्मनिर्भर हुने हो भन्ने लाग्छ । उनी परिवार र समाजको सोच परिवर्तन गर्न चाहन्छिन् । उनी भन्छिन्, ‘ड्रिंक्सलाई हामी नराम्रो तरिकाले बुझ्छौं तर यसलाई

पछिल्लो समय बार टेन्डरमा अवसर खोज्नेहरू बढ्दै गएका छन् । काठमाडौं सीतापाइलाकी कञ्चन महर्जनलाई जुनसुकै सीप सिके पनि आफू आत्मनिर्भर हुने हो भन्ने लाग्छ । उनी परिवार र समाजको सोच परिवर्तन गर्न चाहन्छिन् । उनी भन्छिन्, ‘ड्रिंक्सलाई हामी नराम्रो तरिकाले बुझ्छौं तर यसलाई सही तरिकाले प्रयोग गर्न सकियो भने औषधिजस्तै हो । यसले स्टामिना र आत्मविश्वास बढाउनुका साथै सिर्जनशील हुन पनि सघाउँछ । मुख्य कुरा त यसले आफूलाई स्वरोजगार हुन सहयोग पु¥याउँछ ।’

बारटेन्डिङ कला सिकिरहेकी चितवनकी नमुना थापा विदेशमा यो पेसालाई निकै सम्मान गरिन्छ र राम्रो आम्दानी गर्न सकिने भएकाले आफूले यो तालिम लिइरहेको बताउँछिन् । अस्टे«लिया जाने तयारीमा रहेकी उनी उता गएर पनि यही पेसालाई निरन्तरता दिने बताउँछिन् ।

नेपालमा बारटेन्डिङ प्रशिक्षण नयाँ हो । आधा दशकअघिदेखि बारिस्ता तालिम उपलब्ध भए पनि बारटेन्डिङ भने नयाँ भएको ट्रिकी एण्ड टिप्सी बारटेन्डिङ बारिस्ता एकेडेमीका संस्थापक एवं प्रबन्ध निर्देशक विनोद खड्का बताउँछन् । उनका अनुसार यहाँ अहिले प्रशिक्षण लिने विद्यार्थीहरूको चाप बढिरहेको छ, त्यसमा महिलाको संख्या धेरै छ । सन् २०२० मा स्थापना भएको ट्रिकी एण्ड टिप्सीले ८० प्रतिशत व्यावहारिक ज्ञान प्रदान गर्छ ।

ट्रिकी एण्ड टिप्सीका निर्देशक विजेयन्द्र सिंह रावत भन्छन्–‘बारटेन्डिङमा हामीले ४० देखि ४५ दिनको कोर्स डिजाइन गरेका छौं भने बारिस्ताका लागि २५ देखि ३० दिनको विशेष कोर्स छ । बारटेन्डिङमा हामी १५ दिने विशेष सुविधायुक्त इन्टर्नसीप पनि विद्यार्थीलाई प्रदान गरिरहेका छौं ।’ जोरपाटीकी स्नेहा आचार्य हातमा सीप बढाउन आफू बारटेन्डिङ प्रशिक्षणका लागि यहाँ आएको बताउँछिन् । स्नेहा भन्छिन्–‘अहिले संभ्रान्त घरानाका युवतीहरू पनि यो सीप सिक्न आइरहेका छन् । अल्कोहल भन्दा पनि अहिले थोरै मात्रामा अल्कोहल राखेर विभिन्न फ्रुट्स फ्लेबर र फ्रेस जुस मिक्स गरी बनाइएको कक्टेल टे«न्डमा छ । यो खाँदा स्वास्थ्यलाई कुनै नोक्सानी हँुदैन र कामको थकानबाट केही क्षणका लागि रिफ्रेस पनि भइन्छ । जे कुरा बजारमा माग छ त्यो सीप आफूसँग भयो भने सहजै स्वरोजगार हुन सकिन्छ ।’

ट्रिकी एण्ड टिप्सीबाट पासआउट भइसकेका विद्यार्थीलाई तोकिएको तालिम अवधि सकिसकेपछि पनि त्यहाँ आएर प्राक्टिकल गर्ने छुट छ । त्यति मात्रै नभएर यहाँ तालिम लिएका विद्यार्थीहरूलाई निःशुल्क इन्टर्नसीप र स्वदेश तथा विदेशमा जब प्लेसमेन्टको सुविधा भएको खड्काले बताए । फ्रि स्किल डेभलपमेन्टअन्तर्गत मिसेस नेपाललगायत विभिन्न सेलिब्रेटीले प्रशिक्षण दिइरहेको र यसले विद्यार्थीको चौतर्फी विकासमा मद्दत पु¥याएको खड्काको दाबी छ । सोह्रखुट्टेकी विपना महर्जन अहिलेका अभिभावक छोरीहरूको मामिलामा निकै उदार र बुझ्ने हुँदै गएको बताउँछिन् । उनले भनिन्–मलाई मेरै अभिभावकले यो कला सिक्न पठाउनुभएको हो । यसको स्कोप देखेरै म यहाँ आएकी हुँ ।’ पछिल्लो समय बारटेन्डिङ प्रशिक्षणमा युवतीहरूको आगमन निकै उत्साहजनक रहेको रावतको भनाइ छ । उनी भन्छन्–‘समय सँगै अहिलेको लाइफस्टायलमा निकै परिवर्तन आइरहेकाले यो सीपले युवापुस्तालाई स्वरोजगार र आत्मनिर्भर बन्न ठूलो सहयोग पु¥याउ“छ ।’ चुनौतीमा रमाउने नोरयाङ डोमा गुरुङ बार टेन्डर नयाँ र महिलाका लागि चुनौतीपूर्ण पेसा भएकाले यतातर्फ आफ्नो रुचि बढेको बताउँदै भन्छिन्–‘हामी युवामा परिवर्तन ल्याउने शक्ति हुन्छ । हामीले सुरु नगरे कसले गर्ने ? हाम्रै कारण आगामी पुस्तालाई पुरुष हावी रहेको पेसामा आउन सहज हुन्छ भने किन सुरुवात नगर्ने ? यही सोचले म यो सीप हासिल गर्न आएकी हुँ ।’

 Image