Successfully Copied

मेरो रोजाई फुलबुट्टे पहिरन

मलाई सहज र क्लासिक लुक दिने पहिरन मनपर्छ । म आफूलाई सिम्पल लुक दिन चाहन्छु । ‘मिडी ड्रेस’, ‘नि–लेन्थ ड्रेस’ मेरो पहिलो रोजाइमा पर्छन् । कुर्तामा म सहज महसुस गर्छु । बाहिर निस्कदा जिन्स र टिसर्ट लगाउन मन पराउँछु । कार्यक्रममा जाँदा ‘वान पिस’ मनपर्छ ।

चलचित्र क्षेत्रमा कम समयमै चर्चा बटुलेकी नायिका हुन्, मिरुना मगर । ‘लालपुर्जा’ बाट सिनेजगत्मा पाइला टेकेकी उनी यहाँसम्म आइपुग्दा धेरै चलचित्रमा अभिनय गर्ने मौका पाइसकेकी छन् । सेलिब्रेटी भएपछि फेसनप्रति चासो बढ्नु स्वाभाविकै हो । तपाईंको बुझाइमा फेसन के हो ? भन्ने प्रश्नमा ‘आफ्नो व्यक्तित्व दर्शाउने पहिरन नै फेसन भएको उनले बताइन् । ‘आफूलाई सहज लाग्ने पहिरनले आफ्नो आत्मविश्वास बढाउँछ,’ मिरुनाले भनिन्, ‘त्यसैले फेसनेबल देखिने चक्करमा अरूलाई पछ्याउनुभन्दा आफूलाई सहज महसुस गराउने पहिरन लगाउनु नै फेसन हो ।’ 

रोजाइमा फूलबुट्टे पहिरन

मलाई सहज र क्लासिक लुक दिने पहिरन मनपर्छ । म आफूलाई सिम्पल लुक दिन चाहन्छु । ‘मिडी ड्रेस’, ‘नि–लेन्थ ड्रेस’ मेरो पहिलो रोजाइमा पर्छन् । कुर्तामा म सहज महसुस गर्छु । बाहिर निस्कदा जिन्स र टिसर्ट लगाउन मन पराउँछु । कार्यक्रममा जाँदा ‘वान पिस’ मनपर्छ ।

फूलबुट्टे प्रिन्ट भएको पहिरन मलाई एकदमै मनपर्छ । ‘फूल स्लिभ’ भएको होस् वा ‘स्लिभ फूलबुट्टे प्रिन्ट’ भएको पहिरनमा मेरा आँखा गइहाल्छन् । उज्यालो रंगको पहिरन म धेरै किन्छु । 

सपिङ डेस्टिनेसन

म लन्डनमा बस्ने भएकीले उतै किनमेल गर्छु । तर, म अहिले नेपालमै छु । त्यसैले यहीँ किनमेल गर्छु । यसका लागि म अनलाइन स्टोरहरू चाहर्छु । घरबाहिर निस्केको बेला कुनै राम्रो पहिरनमा आँखा परिहाले किनिहाल्छु । कहिलेकाहीँ अनलाइनमा खरिद गर्दा गुणस्तरमा फरक पाएकी छु । साथै रंगमा पनि भिन्नता भेटिन्छ । 

‘हाई हिल’ नै प्यारो

मलाई ‘हाई हिल’ मनपर्छ । कार्यक्रममा जाँदा वा राम्री भएर कतै निस्कनुपरे म ‘हाई हिल’ नै लगाउँछु । ‘हाई हिल’ ले स्टाइलिस र फेसनेबल देखाउँछ । सहजताका लागि भने कहिलेकाहीँ स्पोर्ट सुज पनि लगाउँछु । 

मेकअपमा धेरै खर्च

पहिरनमा भन्दा पनि म मेकअपका सामग्रीमा बढी खर्च गर्छु । कमसल उत्पादनले छाला बिगार्ने हुँदा म ब्रान्डेड मेकअपका सामग्रीहरू मात्र खरिद गर्छु । 

मेकअप आफै गर्छु 

मलाई मेकअपमा एकदमै रुचि छ । छालालाई सुरक्षित राख्नका लागि हरेक दिन म हल्का मेकअप गर्छु । सुटिङमा गइरहनुपर्ने भएकाले मेकअप नगरी हुन्न । धेरैजसो सुटिङमा पनि म आफै मेकअप गर्छु । मेकअपमा मलाई ‘कन्सिलर’ नभई हुन्न । यसले अनुहार चम्किलो बनाउने भएकाले कन्सिलरको प्रयोग छुटाउँदिन । 

 

 Image