रिङमा मुना
परम्परागत सोचलाई तोड्न सक्नु महिलाका लागि ठूलो चुनौती हो । चुनौतीसँग जुधेर जुन महिलाले आत्मसमीक्षा गर्न सक्छिन्, तिनका लागि संसारमा असम्भव केही हुँदैन ।’ यो भनाइ महिला रेस्लर मुना श्रेष्ठको हो । उनले जीवनको भोगाइ र संघर्षबाट यही कुरा सिकेकी छन् ।
