Successfully Copied

परफ्युमको छनोट कसरी गर्ने ?

मौसम, अवसर र आफूलाई मन पर्ने सुगन्ध भएको परफ्युम छनोट गर्नुपर्छ । गर्मी मौसममा ‘स्ट्रङ्ग’, ‘सिट्रस’ र सुगन्धित फूलको वासना आउने परफ्युम राम्रो हुन्छ । जाडोमा ‘उडी’ र ‘मस्की’ उपयुक्त हुन्छ ।

स्मृता कार्की

परफ्युमको छनोट कसरी गर्ने ?

आफ्नो पर्सनालिटीअनुसार परफ्युम छनोट गर्नुपर्छ । धेरैजसोले अरुले प्रयोग गरेको सुगन्धबाट प्रभावित भई परफ्युम खरिद गर्नुहुन्छ । त्यो राम्रो होइन ।  मौसम, अवसर र आफूलाई मन पर्ने सुगन्ध भएको परफ्युम छनोट गर्नुपर्छ । गर्मी मौसममा ‘स्ट्रङ्ग’, ‘सिट्रस’ र सुगन्धित फूलको वासना आउने परफ्युम राम्रो हुन्छ । जाडोमा ‘उडी’ र ‘मस्की’ उपयुक्त हुन्छ ।

परफ्युमले गर्ने असरबारे बताई दिनुस् न ?

गुणस्तरीय ब्रान्डको परफ्युमले खासै असर गर्दैन । तर, कसैलाई छालाको एलर्जी छ भने असर हुन सक्छ । माइग्रेनको समस्या भएकाहरूलाई पनि परफ्युमको गन्धको लगातार सम्पर्कमा आउँदा टाउको दुख्छ अनि वाकवाकी लाग्नुका साथै बान्ता हुन सक्छ । तर, परफ्युमकै कारण प्रत्यक्ष असर पारेको रेकर्ड हामीसँग छैन।  

गुणस्तरीय परफ्युम कसरी छनोट गर्नुपर्छ ?

परफ्युम आधिकारिक कम्पनी र विश्वासिलो ठाउँबाट मात्र खरिद गर्नुपर्छ । परफ्युममा इडीटी, इडीपी, इडीसी र ‘होली ग्रेल’ बारे जानकारी हुनुपर्छ । परफ्युममा सुगन्ध, अल्कोहलको मात्रा र कति समयसम्म टिक्छ भन्ने जानकारी यसबाट पाइन्छ । इडीटीमा सुगन्ध र तेलको मात्रा पाँचदेखि १५ प्रतिशतसम्म हुन्छ, यसको सुगन्ध तीनदेखि चार घण्टासम्म रहन्छ । इडीपीमा सुगन्ध र तेलको मात्रा १५ देखि २० प्रतिशत हुन्छ, यसको असर चारदेखि सात घण्टासम्म रहन्छ । ‘होली ग्रेल’ मा २० देखि ३० प्रतिशतसम्म हुन्छ, यसको सुगन्ध लामो समयसम्म रहन्छ । कडा सुगन्धयुक्त परफ्युम संवेदनशील छाला भएकालाई उपयुक्त हुन्छ ।

(स्मृता, ब्युटी सेन्टस् इम्पेक्सका कन्ट्री हेड हुन्)

 Image