Successfully Copied

मिस युनिभर्स–२०२१ को उपाधि भारतकी सन्धुलाई

मिस युनिभर्स–२०२१ को उपाधि भारतीय सुन्दरी हरनाज कौर सन्धुले जितेकी छिन् । सन्धु ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स–२०२१ को ताज पहिरिन सफल भएकी हुन् ।

मिस युनिभर्स–२०२१ को उपाधि भारतीय सुन्दरी हरनाज कौर सन्धुले जितेकी छिन् । सन्धु ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स–२०२१ को ताज पहिरिन सफल भएकी हुन् । इजरायलको इएलाटमा आयोजित ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज भारत ल्याएकी हुन् । सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । २१ वर्षीया उनी मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् । मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।

यो सँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए । मिस युनिभर्स–२०२१ प्रतिस्पर्धामा नेपालकी सुजिता बस्नेतले भाग लिएकी थिइन् ।

 Image