Successfully Copied

‘मिस युनिभर्स नेपाल’ 

मिस युनिभर्स नेपाल २०२१’ को दोस्रो संस्करणको फाइनल प्रतिस्पर्धामा सुजिता बस्नेत अब्बल बनेकी छन् ।

मिस युनिभर्स नेपाल २०२१’ को दोस्रो संस्करणको फाइनल प्रतिस्पर्धामा सुजिता बस्नेत अब्बल बनेकी छन् । राजधानीमा आयोजित प्रतिस्पर्धामा उनले ‘ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२१’ को ताज पहिरिन सफल भएकी हुन् । उनलाई अघिल्लो वर्षकी विजेता अंशिका शर्माले ताज पहिर्‍याइदिएकी थिइन् । विजेता भएसँगै सुजिताले दश लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । सुजिताले ‘मिस फियर्स’ र ‘मिस फ्याबुलस’ को उपाधिसमेत आफ्नो नाममा सुरक्षित राखेकी छन् । उनले आगामी डिसेम्बर १२ मा इजरायलको इलाटमा हुने ७० औं संस्करणको ‘मिस युनिभर्स २०२१’ मा नेपालका तर्फबाट सहभागिता जनाउने छिन् । पहिलो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२०’ मा उनी ‘फस्ट रनर अप’ बनेकी थिइन् । उनी ‘मिस नेपाल युएसए २०११’ की ‘फस्ट रनर अप’, ‘मिस मेरिल्यान्ड २०१६’ की विजेता तथा ‘मिस मेरिल्यान्ड युएसए २०२०’ की ‘सेकेन्ड रनर अप’ हुन् । 

प्रतियोगतामा ‘मिस लाइफ स्टाइल’ र ‘मिस फ्री एण्ड फियरलेस’ को उपाधिसहित निनाकान्त मण्डल ‘फस्ट रनर अप’ बनिन् । २५ वर्षीया निना पहिलो संस्करणको ‘मिस नेपाल युनिभर्स २०२०’ की ‘सेकेन्ड रनर अप’ विजेता हुन् भने ‘रसिया बेस्ड’ सफल व्यावसायिक मोडल पनि हुन् । उनी ‘मिस एसिया रसिया २०१८’ की विजेता रहिसकेकी छिन् । 

यसैगरी प्रतियोगितामा ‘सोसियल इम्प्याक्ट लिडर’ को उपाधिसहित रक्षा उप्रेती ‘सेकेन्ड रनर अप’, प्रतीक्षा महरा क्षेत्री ‘थर्ड रनर अप’ तथा डा. केशु खड्का ‘फोर्थ रनर अप’ का रूपमा चयन भए । १६ प्रतिस्पर्धीहरूको ग्रान्ड फाइनल प्रतिस्पर्धाको यात्रामा उत्कृष्ट दशभित्र सोसल ‘इम्प्याक्ट लिडर’ विजेता बनेसँगै रक्षा उप्रेती, अनलाइन भोटिङको प्रावधान र जुरी मूल्यांकनको आधारबाट पिपुल्स च्वाइस अवार्ड हुँदै सगुन गुरुङ र विभूति गौतमले उत्कृष्ट दशमा सिधै आफ्नो यात्रा तय गरेका थिए । ‘टप टेन’ भित्र पुगेका अन्य प्रतिस्पर्धीहरूमा आर्या निशान्त, वृष्टि आचार्य, प्रतीक्षा महरा क्षेत्री, निनाकान्त मण्डल, डा. केशु खड्का, मन्दिरा कार्की र सुजिता बस्नेत हुन् ।

 Image