म्युजिक भिडियोमा डा. अनुश्का
डा. अनुश्काले जीवनसाथी स्वस्तिक पोख्रेलसँगै पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरिन् । गायिका गीता पाण्डेको गीत ‘माछी भुल्यो’ मा उनीहरूले प्रेमभाव प्रस्तुत गरेका छन् ।
‘मिस इको इन्टरनेसनल’ मुना गौचन यतिबेला बलिउडमा मोडलिङ क्षेत्रमा करिअर बनाउन व्यस्त छिन् । उनी ‘सुपरमोडल २०२१’ को टप छसम्म पुगेर बाहिरिएकी छन् । १५ प्रतिस्पर्धीमा उनी टप छ सम्म पुग्नुलाई पनि आफ्ना लागि ठूलो उपलब्धि रहेको बताउँछिन् । उनले प्रतियोगितामा दुई विधामा उच्च अंक ल्याउन सफल भइन् । सुपरमोडल प्रतियोगितामा आफूले धेरै मेहनत गर्नुपरेको उनले बताइन् । उनले भनिन्, ‘बलिउडमा टप कम्पिटिसन हुन्छ, त्यसकारण पनि धेरै मेहनत गर्नुपर्ने हुन्छ ।’ सात वर्षअघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी उनले बलिउडमा धेरै विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । नेपालबाट मोडलिङ सुरु गरी बलिउडमा स्थापित हुन धेरै मेहनत गर्नुपर्ने उनको अनुभव छ ।
आफ्नो परिश्रमले बलिउडमा सहज रूपमा अगाडि बढिरहेको उनको भनाइ छ । उनको आगामी योजना भनेको बलिउडमै करिअर बनाउँदै व्यावसायिक रूपमा अगाडि बढ्नु हो ।