‘एस अफ एसईई– द बिगिनिङ’ को बिजेता बनिन् आरोही
एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै इभेन्ट म्यानेज्मेन्ट संस्था क्याप्चरले ‘एस अफ एसईई– द बिगिनिङ’ शीर्षकको मोडलिङ प्रतियोगिता आयोजनामा अधिकारीले उपाधि जितेकी हुन् ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
केही विज्ञापनमा काम गरिरहेको छु । चलचित्रका वर्कसपमा पनि व्यस्त छु ।
मोडलिङ कहिलेबाट सुरु गर्नुभयो ?
सन् २०१२ देखि मोडलिङमा प्रवेश गरेको हुँ । पहिलो मोडलिङ आलोक नेम्वाङको ‘धुजाधुज’ बोलको गीतमा गरेको थिएँ ।
हालसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?
धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेको छु । हजारभन्दा बढी भयो कि ?
आफैलाई मन परेको म्युजिक भिडियो कुन हो ?
आफैलाई मन परेको भिडियो चाहिँ प्रकाश तिमल्सिनाको ‘खल्ली’ र रिकेश गुरुङको ‘फेरि भेट नहोला’ हुन् ।
चलचित्रमा पनि अभिनय गर्नुभएको छ ?
चलचित्रमा पनि स–साना भूमिकामा अभिनय गरेको छु । चलचित्रमा आउने सोच त छ । पछिल्लो समय एउटा चलचित्रको वर्कसपमा व्यस्त छु । चलचित्रको नाम चाहिँ अहिले खुलासा नगरौं ।
मोडलिङ र चलचित्रबाहेकको तपाईंको रुचि के हो?
यीबाहेक म रेस्टुरेन्ट क्षेत्रमा पनि प्रवेश गरेको छु । गितार बजाउन र पुस्तक पढ्न रुचाउँछु ।