Successfully Copied

२०७८ साल कात्तिक महिनाको राशिफल

रमाइलो गरी समय बित्नेछ । एक–अर्काको सुख–दुःख बुझी कार्य गर्ने प्रयास हुनेछ । माइतीपक्षसित रमाइलो भेटघाट हुनेछ । कतै घुमघाम गर्ने मौका मिल्नसक्छ । आफ्नो इच्छानुसार समययापन गर्ने अवसर जुट्नेछ । पेटसम्बन्धी समस्या हुनसक्ने भएकाले आफ्नो स्वास्थ्य र खानपानको राम्रो ख्याल गर्नुपर्नेछ ।

मेष

रमाइलो गरी समय बित्नेछ । एक–अर्काको सुख–दुःख बुझी कार्य गर्ने प्रयास हुनेछ । माइतीपक्षसित रमाइलो भेटघाट हुनेछ । कतै घुमघाम गर्ने मौका मिल्नसक्छ । आफ्नो इच्छानुसार समययापन गर्ने अवसर जुट्नेछ । पेटसम्बन्धी समस्या हुनसक्ने भएकाले आफ्नो स्वास्थ्य र खानपानको राम्रो ख्याल गर्नुपर्नेछ । कहिलेकाहीँ अनपेक्षित कुराको सामना हुनसक्छ । सकेसम्म धैर्य, सकारात्मक र शान्तचित्त भई काम गर्ने प्रयास गर्नुहोला । 

वृष

मनमा भएको तनाव हट्न गई समस्याको समाधान हुनेछ । काम गर्ने जाँगर बढ्नेछ । कुनै कुरालाई लिएर परिवारमा छलफल हुनसक्छ । श्रीमान्बाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । तपाईंको सुख–दुःख बुझी कार्य गर्ने प्रयास हुनेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । छोराछोरीले सकेसम्म आज्ञापालन गर्ने प्रयास गर्नेछन् । अभिभावकद्वारा पनि सन्तानको समय र अवस्था बुझ्ने प्रयास हुनेछ । सकेसम्म अनावश्यक कुरा र चिन्ताबाट टाढै रही सकारात्मक सोचका साथ काम गर्नुु नै लाभप्रद हुनेछ । 

मिथुन

विभिन्न कामको जिम्मेवारीले व्यस्त भइनेछ । साथीहरूसित रमाइलो भेटघाट हुनसक्छ । कुनै कुरामा लगानी हुनसक्छ । पारिवारिक मेलमिलापको कार्यक्रम हुनेछ । व्यापारिक क्षेत्रबाट राम्रो लाभ हुनेछ । कुनै आकस्मिक उपहार पाइनेछ । कहिलेकाहीँ छोराछोरीले कुरा नबुझी अनाहकमा दुःख दिनसक्छन्, सकेसम्म शान्त भई तिनको कुरा बुझी सम्झाउनसके राम्रो हुनेछ । दाम्पत्य जीवनमा आपसी समझदारी कायम रहनेछ । व्यक्तिगत कार्यका लागि केही समय छुट्याउनसके मन प्रसन्न रहनेछ । आफ्नो स्वास्थ्य र खानपानमा पनि राम्रो ख्याल गर्नुपर्ने बेला छ । 

कर्कट

योजनानुसार काम सम्पन्न हँुदै जानेछन् । परिवारका सदस्यहरूसित रमाइलो समय यापन गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्यकालागि समय निस्कनेछ । सबैले तपाईंको इच्छा बुझी काम गर्ने प्रयास गर्नेछन् । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । कसैकसैलाई सन्तान लाभको योग छ । कुनै कामविशेषले टाढा भएका आफन्तसित भेटघाट हुनेछ । काम गर्दा वैचारिक मतभेदको सामना गर्नुपर्ला । सकेसम्म शान्त र धैर्य भई आफ्नो तार्किक विचार राख्ने प्रयास गर्नुहोला । 

सिंह

कुनै विशेष कार्यमा सफलता मिल्नेछ । पारिवारिक घुमघाम हुनसक्छ । मनमा कुनै नयाँ काम गर्ने उत्साह जाग्नसक्छ । साथीसंगी एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । माइतीपक्षसित पनि भेटवार्ता हुनेछ । आकस्मिक उपहार प्राप्त हुनेछ । कुनै कुराले  मनमा प्रसन्नता छाउनेछ । शारीरिक एवं मानसिक दुवै रूपले शरीर स्वस्थ रहनेछ । प्रायः सबै कार्य इच्छानुसार नै सम्पन्न हुँदै जानेछन् ।     

कन्या

पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै काम विशेषले कतैको यात्रा हुनसक्छ । आफ्नो इच्छानुसार किनमेल गर्ने मौका निस्कनेछ । विभिन्न कुराको लाभ हुनेछ । सबैले तपाईंको रुचि र चाहनाको ख्याल गर्दै काम गर्ने प्रयास गर्नेछन् । कुनै–कुनै कामकालागि बढी नै खट्नुपर्नेछ । टाउको एवं आँखा दुख्ने योग भएकाले मसिनो एवं डिजिटलसम्बन्धी कार्य गर्दा सतर्क रहनुहोला । अनावश्यक खर्च हुने प्रबल सम्भावना भएकाले कुनै पनि सामान किन्नुपूर्व राम्ररी सोचविचार गर्नुपर्ने बेला छ । कतै आउजाउ गर्दा पनि आफ्नो सामानको राम्रो ख्याल गर्नुहोला । 

तुला

कुनै कार्यका लागि व्यस्त रहनुपर्ला । सहयोगी हातहरू पछि हट्न सक्ने भएकाले सानोतिनो काममा पनि आफैं खट्नुपर्नेछ । छोराछोरीको खुसीका निमित्त केही खर्च हुनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । पेट एवं मुटुका बिरामीहरूले आफ्नो स्वास्थ्य र खानपानको विशेष ख्याल गर्नुहोला । व्यक्तिगत खुसीका निमित्त पनि केही समय छुट्याउनुहोला । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । 

वृश्चिक

विभिन्न कुराको लाभ हुनेछ । आपूmले सोचेअनुसार सबै कार्य सम्पन्न हुँदै जानेछन् । सबैले तपाईंको इच्छा र चाहना बुझी कार्य गर्ने प्रयास गर्नेछन् । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । व्यक्तिगत खुसीका लागि कुनै वस्तुको किनमेल गर्नुपर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापतर्पm मन आकृष्ट हुनेछ । कहिलेकाही“ राम्रो गर्दागर्दै पनिसोचेजस्तो प्रतिफल नमिल्नसक्छ । कसैबाट कुनै कुराको अपेक्षा नराखी सकारात्मक भावले कार्य गर्नु नै राम्रो हुनेछ । 

धनु

कामविशेषले यात्रा हुनसक्छ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कसैकसैलाई आफ्नो कार्यक्षेत्रमा गरेको योगदानबापत कदर वा सम्मान मिल्नेछ । धार्मिक क्षेत्रप्रति झुुकाव बढ्नेछ । माइतीपक्षसित रमाइलो भेटघाट हुनेछ । विभिन्न कुराको लाभ हुनेछ । योजनानुरूप सबै कार्य सम्पन्न हुँदै जानेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । सोचेअनुरूपको कार्य गरी आपूm खुसी हुने प्रयास गरिनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रबाट पनि राम्रै फाइदा हुनेछ । 

मकर

समस्याको समाधान हुनेछ । मनमा भएको तनाव हट्न जाँदा शरीर पनि स्वस्थ रहनेछ । कुनै विशेष कारणले रोकिएका कामहरूले गति लिन थाल्नेछन् । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विभिन्न सरसामानको जोहो हुनेछ ।साथीसंगीसित भेटघाट गर्ने मौका मिल्नसक्छ । कसैकसैलाई केही समय माइती गएर बस्ने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । 

कुम्भ

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । काम गर्दा सानातिना बाधाहरू आए पनि क्रमशः सबै हट्दै जानेछन् । अनावश्यक खर्चको योग भएकाले कुनै पनि सामान किन्नुपूर्व राम्ररी सोचविचार गर्नुपर्ने बेला छ । पारिवारिक भेटघाट हुनेछ । माइतीपक्षसित रमाइलो समय बिताउने मौका जुट्नेछ । कहिलेकाहीँ राम्रै तरिकाले बोल्दा र काम गर्दा पनि अपजस आइलाग्न सक्छ । तसर्थ बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्नेछ । आपूmसित असम्बन्धित कुराहरूबाट टाढै रहनु नै राम्रो हुनेछ । आफ्नो स्वास्थ्य र खानपानको राम्रो ख्याल गर्नुहोला । प्रायः सबै कुरा आफ्नो इच्छाबमोजिम पूरा हुँदै जानेछन् । 

मीन

धार्मिक कार्यप्रति अभिरुचि बढ्नेछ । इच्छानुसार काम गर्ने मौका मिल्नेछ । विभिन्न सामग्रीको किनमेल हुनेछ । आकस्मिक धन लाभ हुने सम्भावना छ । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर वैचारिक मतभेद भए पनि एक–अर्काप्रतिको माया एवं समझदारी भने कायमै रहनेछ । कहिलेकाहीँ काम गर्दा मनमा द्विविधा हुनसक्छ । के काम कत्तिको उपयुक्त र कुन प्राथमिकतामा पर्छ ? त्यो विचार गरी तदनुरूप कार्य गर्न सके मनको अन्तद्र्वन्द्व हटेर जानेछ । व्यावहारिक काममा कहिलेकाहीँ कुनै कुरामा सम्झौता गर्नुपर्ला । समय र परिस्थिति बुझेर काम गरे सबै कुरा सहज हुनुका साथैै मनलाई पनि सन्तोष मिल्नेछ ।

 Image