आगन्तुक विशेष पिज्जा
यो आगन्तुक रिसोर्टको ‘सिग्नेचर डिस’ हो । यसमा यहीँ तयार पारेका मरमसला र वासनादार हर्ब्सहरू मिसाइन्छ । मैदामा पनि विशेष र अर्को पिठो मिसाएर ‘पिज्जाको डो’ बनाइन्छ ।

सामग्री : बोनलेस चिकेन लेग, हर्ब्स मेरिनेटेड, आलु, क्रिम बेजिल सस, सक्कोटस, नुन, तेल ।
विधि : चिकेनलाई पहिले हर्ब्स र सोया सस राखेर मेरिनेट गर्ने, त्यसपछि मेरिनेट गरिएको मासुलाई ग्रिल्ड गर्ने । आलुलाई उमाल्ने र त्यसलाई पनि पखालेर ग्रिल्ड गर्ने । ग्रिल्ड गर्दा बीचबीचमा पल्टाउँदै पनि गर्ने र मेरिनेट गर्दा बचेको मिश्रणलाई ब्रसको सहायताले पनि राख्दै गर्ने । पाकेपछि सक्कोटस, आलु राखेर सर्भ गर्ने ।
- समिका रोका
सेफ, रेन जावलाखेल