धेरैको रोजाइमा ‘बेन्टो प्याक’
अत्यधिक ‘बेन्टो प्याक’ का परिकार चिसै खान मिल्ने पनि हुन्छन् ।पूर्वी र दक्षिणपूर्व एसियाली पाक शैलीहरूमा यो सामान्य छ । विशेषगरी जापान, चिनियाँ, कोरियाली, सिंगापुर, ताइवानी व्यञ्जनहरू पछिल्लो समय विश्वभर लोकप्रिय छन् ।

सामग्री : खुट्टा, हड्डी, तोरीको तेल, अदुवा, लसुन, नुन, बेसार, खुर्सानीको धूलो, हरियो खुर्सानी, जिरा र धनियाँको धूलो, गरम मसला ।
विधि : कसौंडीमा तोरीको तेल तताउने । त्यसमा ओखलमा कुटेको अदुवा, लसुन, प्याज राखेर फ्राइ गर्ने । रातो भएपछि हड्डी हालेर मज्जाले केहिबेर फ्राइ गर्ने । त्यसपछि टमाटरको पिउरी हालेपछि नुन, बेसार, माथि तयार पारेको मसला हालेर एकछिन चलाउने । ३० देखि ४५ मिनेटसम्म डिप फ्राइ गर्ने । अब तातोपानी हालेर १ घण्टाजति विस्तारै पकाउने । सानो आगो बनाएर निकैबेर त्यत्तिकै छोडिदिने । हड्डी गल्छ र मसला पनि राम्रोसँग पाकेर त्यसको स्वाद अझ मीठो हुन्छ ।
- दीपेश सूर्यवंशी
सेफ, भेटघाट रेस्ट्रो, अनामनगर