दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।
सामग्री : चिकेन १६० ग्राम, काँक्रो ६० ग्राम, गोलभेंडा ४० ग्राम, भेंडेखुर्सानी ४० ग्राम, लेट्युस पत्ता २० ग्राम, प्याज ३० ग्राम, काजु १५ ग्राम, सेतो तिल १ चम्चा, ओलिभ तेल २ चम्चा तथा गार्निसका लागि सेतो मरिचको धूलो, नुन स्वादअनुसार र आधा चम्चा लेमन जुस ।
विधि : चिकेन ब्रेस्टको स्लाइस निकाल्ने, बनाइएको ब्याटरमा चिकेनलाई डुबाएर ब्रेडकम लगाएपछि तेलमा फ्राई गर्ने, यसलाई क्रिस्पी भएपछि तेलबाट निकाल्ने । फ्राइड चिकेनलाई फिंगर आकारमा काट्ने । माथि उल्लिखित सबै सामग्रीसँग यसलाई मिसाई स्वादअनुसारको नुन र मसला राखेपछि यो सलाद तयार हुन्छ । यसलाई साइड डिस वा डिनर डिसका रूपमा सर्भ गर्न सकिन्छ ।
- अमृत तामाङ
सेफ, माइ च्वाइस रेस्टुरेन्ट लैनचौर