Successfully Copied

स्टफ्ड चिकेन

विधि : च्याउ, पालुंगो, भेंडेखुर्सानी, चीजलाई सोथे गरेर चिकेन ब्रेस्टभित्र हाल्ने र तावामा ग्रिल्ड गर्ने । काउली, ब्रोकाउली, गाजर, सिमी र च्याउलाई बटरमा सोथे गर्ने ।

सामग्री : चिकेन ब्रेस्ट २०० ग्राम, म्यास पोट्याटो ६० ग्राम, ब्रोकाउली २० ग्राम, सिमी १० ग्राम, डल्लो च्याउ १० ग्राम, ब्राउन सस १०० ग्राम, पालुंगोको साग १० ग्राम, चीज ७ ग्राम, भेंडेखुर्सानी १० ग्राम तथा नुन–मसला स्वादअनुसार ।

विधि : च्याउ, पालुंगो, भेंडेखुर्सानी, चीजलाई सोथे गरेर चिकेन ब्रेस्टभित्र हाल्ने र तावामा ग्रिल्ड गर्ने । काउली, ब्रोकाउली, गाजर, सिमी र च्याउलाई बटरमा सोथे गर्ने । त्यसपछि आलुलाई बटर र क्रिममा पकाई म्यास पोट्याटो तयार गर्ने । अब यसलाई प्लेटमा सर्भ गरी माथिबाट ब्राउन ससले टपिंग्स गरेपछि स्टड चिकेन तयार हुन्छ । नौलो र पछिल्लो समय यो परिकार धेरैले रुचाएका छन् ।

-  अमृत तामाङ

सेफ, माइ च्वाइस रेस्टुरेन्ट लैनचौर

 Image