Successfully Copied

‘कोट–पाइन्ट मेरो च्वाइस’

मेरो मेकअप सामान्य हुन्छ । म बेबी क्रिम सनस्क्रिम लगाउन छुटाउँदिन । फाउन्डेसन लगाउन मलाई मन पर्दैन ।

नेपाली चलचित्र ‘रुद्र’ मा डेब्यु गरेकी नायिका सारा सिरपाइलीले म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । कोरोना महामारीका कारण उनले अभिनय गरेको चलचित्र ‘गुञ्जन’ रिलिज हुन सकेको छैन । फेसनप्रति श्रीपाली उत्तिकै रुचि राख्छिन् । उनी फेसनका लागि आफूलाई सहज हुने पहिरन लगाउन रुचाउँछिन् । पहिरन र मेकअपसहित विभिन्न रुचिबारे उनीसँग गरेको कुराकानीका आधारमा तयार पारिएको सामग्री :–

पहिरन

पहिरनमा म क्याजुअल पहिरन नै लगाउन रुचाउँछु । पहिरन पनि मौसमअनुसार नै छनोट हुन्छ । गर्मीमा जिन्स वानपिस नै म बढी लगाउन रुचाउँछु । मलाई यी क्याजुअल ड्रेस लगाउँदा सहज महसुस हुन्छ । जाडो मौसममा म कोट–पाइन्ट बढी लगाउँछु । मेरो रोजाइको पहिरन नै यही हो । यो पहिरनले आफूलाई स्मार्ट देखाएको महसुस हुन्छ । पहिरनका लागि म ‘ब्रान्ड कन्सस’ छु । म पहिरन बाहिरबाटै मगाउँछु । मेरा अधिकांश पहिरन युएस ब्रान्डका हुन्छन् । नेपालमा म सपिङ कमै गर्छु । रंग छनोट गर्दा लाइट कलर नै रोज्छु ।

मेकअप

मेरो मेकअप सामान्य हुन्छ । म बेबी क्रिम सनस्क्रिम लगाउन छुटाउँदिन । फाउन्डेसन लगाउन मलाई मन पर्दैन । आइल्यान्डर पनि म सधै लगाउँछु । मलाई मेरा आँखा साना भएकाले आइल्यान्डर आवश्यक भएको महसुस हुन्छ । लिपस्टिकमा लाइट कलर लगाउँछु । गाढा लिपस्टिक लगाउन मन पर्दैन । कस्मेटिक सामानका लागि दरबारमार्ग मेरो रोजाइ हुन्छ । दरबारमार्गमा म कस्मेटिक सामग्रीहरूको सपिङ गर्छु ।

फुटवेयर

फुटवेयरमा स्निकर र एडिडास मेरा रोजाइ हुन् । यी कम्पनीका जुत्ताहरू मलाई सहज लाग्छन् । क्याजुअलमा यी जुत्ताहरू सुट गर्ने भएकाले पनि मेरो च्वाइसमा परेका हुन् । पार्टीवेयरमा चाहिँ पहिरनअनुसार जुत्ताहरू छनोट गर्छु ।

एसेसरिज

एसेसरिजमा मलाई घडी र इयररिङ मन पर्छन् । पहिरनअनुसार इयररिङ छनोट गर्छु । इयररिङ कलेक्सन चाहिँ मसँग धेरै छन् ।

बढी खर्च

मेकअप, फुटवेयर र पहिरनमा मेरो बढी खर्च हुन्छ । अरूको तुलनामा पहिरनमा मेरो बढी खर्च भएको हुन्छ ।

 Image