Successfully Copied

कोरोना कालमा रेस्टुरेन्टको योजना

रेस्टुरेन्ट सञ्चालन गर्ने रहर पहिलेदेखि नै थियो । तर समय मिलिरहेको थिएन । यो रहर भने कोरोना महामारीका कारण सफल भयो ।

रेस्टुरेन्ट कहिलेदेखि सञ्चालनमा ल्याउनुभएको हो ?

सन् २०२१ को जनवरीबाट सञ्चालनमा ल्याएका हौं ।

खोल्ने सोच कसरी आयो ?

रेस्टुरेन्ट सञ्चालन गर्ने रहर पहिलेदेखि नै थियो । तर समय मिलिरहेको थिएन । यो रहर भने कोरोना महामारीका कारण सफल भयो । महामारीका कारण चलचित्र क्षेत्र ठप्प भयो । यसले गर्दा केही फुर्सदिलो पनि भइयो । नयाँ गरौं भनेर साथीहरूसँग रेस्टुरेन्ट सञ्चालन गर्ने योजना बन्यो । त्यही योजनानुसार नै रेस्टुरेन्ट सञ्चालन गरेका हौं ।

महामारीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउँदा जोखिम महसुस गर्नुभएन ?

जोखिम त थियो नै । सधैभरि त्यसै बसेर पनि सम्भव भएन नि । केही न केही गर्नुपर्छ, चलायमान हुनुपर्छ भन्ने सोचका साथ आँट गरेर अगाडि बढेका हौं । महामारीमै हामी चार जना मिलेर यो साहस गरेका हौं ।

कोरियन रेस्टुरेन्ट नै किन सञ्चालनमा ल्याउनुभयो ?

हामीले रेस्टुरेन्ट सञ्चालनका लागि झम्सीखेल एरिया छनोट गर्‍यौं । यहाँ कोरियन रेस्टुरेन्ट नभएकाले नयाँ हुन सक्ने हाम्रो सोच भयो । अर्को कुरा कोरियन परिकार पनि हामीले ग्राहकहरूसम्म पुर्‍याउने लक्ष्यका साथ कोरियन रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हौं ।

डोको साराङ रेस्टुरेन्टका विशेषताहरू के हुन् ?

डोको साराङ रेस्टुरेन्टको मुख्य विशेषता भनेकै स्वास्थ्यबर्द्धक खाना हो । हामीले खानामा कुनै कम्प्रोमाइज गर्देनौं । ग्राहकको स्वास्थ्य नै हाम्रो प्राथमिकता हो । रेस्टुरेन्टको अर्को पक्ष भनेको स्वास्थ्यबर्द्धक वातावरण पनि हो । रेस्टुरेन्टमापारिवारिक वातावरण छ । यहाँ परिवारसँग लामो समय बिताउन सकिन्छ ।

 Image