Successfully Copied

कीर्तिमानी सुजल

श्रवणशक्ति नभएका (बहिरा) र बोल्न नसक्ने कलाकारका रूपमा विश्व रेकर्ड राख्न सफल भएकी छन्–सुजल बम ।

श्रवणशक्ति नभएका (बहिरा) र बोल्न नसक्ने कलाकारका रूपमा विश्व रेकर्ड राख्न सफल भएकी छन्–सुजल बम । ‘एभरेस्ट वल्र्ड रेकर्ड’, ‘क्रिएटिभ रेकर्ड’ र ‘आउट अफ इमानिजेसन सुपर वल्र्ड रेकर्ड’ गरी तीन विधामा उनी कीर्तिमानी कलाकार बनेकी छन् । उनले विश्वस्तरकै एउटा व्यावसायिक कलाकारका रूपमा आफूलाई स्थापित गराएकी छन् । उनको मोडलिङ यात्रा ‘मिस एसएलसी–२०१९’ बाट सुरु भएको हो । 

उनी यसमा ‘टप टेन’ सम्म पुग्न सफल भएकी थिइन् । त्यसयता उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनी इशारा (निर्देशन) कै आधारमा अभिनय गर्छिन् । भन्छिन्, ‘बोल्न र सुन्न नसके पनि इशारा बुझेर अभिनय गर्छु ।’ उनले थुप्रै राष्ट्रिय÷अन्तर्राष्ट्रिय अवार्ड हासिल गरिसकेकी छन् । पछिल्लो समय उनी धेरैको रोलमोडल बनेकी छन् । बोली र श्रवणशक्ति नभएकाले पनि अभिनयमा अब्बल भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण उनले विश्वलाई दिएकी छन् ।

सुदूरपश्चिमको डोटी जिल्लामा जन्मिएकी सुजललाई मोडलिङको यात्रा गर्न त्यति सहज भने थिएन । केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई ‘मिस एसएलसी–२०१९’ को विज्ञापन देखेपछि सहभागी हुन रुचि बढेको हो । बुवा टेकबहादुर बमले त्यसताका आयोजकसँग कुराकानी गरेपछि सुजललाई मोडलिङ गर्ने अवसर जुटेको हो । आयोजकले उनलाई सहभागी गराउने निर्णय त गरे, तर भाषाको समस्या आयो । किनभने आयोजकसँग दोभाषे थिएन । ‘भाग्यशालीको भूतै कमारो’ भनेजस्तै तत्काल दोभाषेको काम टेकबहादुरले गरे । सुरुवाती समयमा उनले निकै संघर्ष गर्नुप¥यो ।

बोल्ने र सुन्न सक्नेको बीचमा प्रतिस्पर्धा गर्नु उनका लागि चुनौती थियो । तर, पनि उनले हरप्रयास गरिन्, बुवाले पनि उनलाई साथ दिइरहे । उनी ‘टप टेन’ सम्म पुग्दा उनको चर्चा चुलिँदै गयो । उनको क्षमताका प्रशंसकहरू बढ्न थाले । अहिले उनको मोडलिङ गर्ने रहर मात्रै पूरा भएको छैन, उनले विश्व रेकर्ड राख्ने शृंखला नै सुरु गरेकी छन् । अबको उनको योजना व्यावसायिक मोडलका रूपमा आफूलाई स्थापित गराउँदै अगाडि बढ्नु हो ।

मोडल ः सुजल बम

तस्बिर ः महेश प्रधान

मेकअप ः अमु रुचाल, मिरर ब्युटी एकेडेमी, ज्ञानेश्वर

पहिरन ः रेश्मा श्रेष्ठ, दि सियो धागो बुटिक, कुपन्डोल

स्थान ः सदर चिडियाखाना, जावलाखेल

संयोजक ः प्रकृति दाहाल

 Image