सौन्दर्य हेरचाह

नारी संवाददाता

असार २३, २०७८ - वर्षामा छालामा अनेकौं समस्या देखापर्छन् । त्यसैले वर्षामा अनुहार तथा हातखुट्टाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा एकपटक फेसवास गर्नु उचित हुन्छ ।

- वर्षामा वातावरण ओसिलो हुने भएकाले छालाका रोमछिद्र बन्द हुनसक्छन् । यसले गर्दा अनुहारमा घाउ–खटिरा आउने भय हुन्छ । यसबाट बच्न गुणस्तरीय एन्टिब्याक्टेरियल टोनर प्रयोग गर्नुपर्छ । टोनर नभए गुलाब जल पनि उपयुक्त हुन्छ ।

- वर्षामा छालालाई पोषणको पनि जरुरत हुन्छ । पानीमा अनुहार भिज्दा वा पखालिँदा छाला सुख्खा हुन्छ । त्यसैले मोस्चराइजर गर्नुपर्छ । सकेसम्म ओयल फ्रि मोस्चराइजर लगाउनुपर्छ ।

- यतिबेला सिधै घामको किरणबाट पनि छालालाई बचाउनुपर्छ । त्यसैले वर्षामा सन स्क्रिन क्रिम लगाउन बिर्सनु हुँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>