अभिनव म्यानहन्ट विजेता
अभिनव थापाले अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि पाउन सफल भएँ । उनले थाइल्याण्डमा आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।
‘मिसेज नेपाल युनिभर्स २०१८’ को ‘लन्डन बेस्ड महिला उद्यमी अवार्ड’ विजेता मनीषा डंगोल श्रेष्ठको पहलमा १० लाख रुपैंयाँको ‘टुडेज वुमन कोष’ स्थापना भएको छ । यो कोष मुख्यतः विपन्न वर्गका महिला तथा अपाङ्ग बालबालिकाको शिक्षामा लक्षित रहने मनीषाले बताइन् ।
कोषमार्फत विश्वभरिका प्रेरणादायी तथा सफल महिलाहरूको कथा समेटिएको ‘टुडेज म्यागेजिन’ समेत वार्षिक रूपमा प्रकाशन गरिने छ । साथै महिलाहरूकै उपलब्धि, योगदान र सफलतामा समर्पित अवार्ड कार्यक्रमको पनि संचालन गर्ने योजना रहेको मनीषाले बताइन् ।
दुबईमा सम्पन्न ‘ग्लोबल माइलस्टोन अवार्ड’ अन्तर्गत ‘द वुमन आन्टरप्रिनर एक्सिलेन्स अवार्ड २०१९’ की विजेता रहेकी मनीषा ‘मिसेस् नेपाल युनिभर्स २०१८’ का रूपमा फिलिपिन्सको सेबुमा सम्पन्न ‘मिसेस् युनिभर्स २०१८’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उक्त प्रतियोगितामा उनले ‘एन्जेल हार्ट अवार्ड’ प्राप्त गरेकी थिइन् । त्यस्तै, उनी ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७’ मा ‘इन्टरनेसनल वुमन अचिभर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी थिइन् । लन्डनमा बसोबास गर्दै आएकी उनी मिसेस् नेपाल युके, मिस लिटिल नेपाल युके तथा मिस टिन नेपाल युकेकी संस्थापक अध्यक्ष पनि हुन् ।