दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।
सामग्री : एक कप मकैको पिठो, थोरै टिमुर, नुन, थोरै चिउरीको घिउ ।
विधि : मकैको पिठोलाई मज्जाले भिजाउने । प्यानमा थोरै चिउरीको घिउ तताउने । अघि भिजाएको मकैको पिठोलाई रोटीको आकार दिँदै पकाउने । त्यसमाथि टिमुर, नुन राखिदिने । टिमुरको साटो मेथी, भाजी, पालुङ्गोको साग, चम्सुरको साग राख्न पनि सकिन्छ । रोटी आफूलाई मनपर्ने तरकारी, मोही, अचारसँग खान सकिन्छ ।
- कवीर भण्डारी, सेफ, मकै घर