एग चिकेन रोल

नारी संवाददाता

जेष्ठ २३, २०७८ सामग्री : मैदाको पिठो–९० ग्राम, दूध–३० मिलिलिटर, पानी–२० मिलिलिटर, अण्डा–२० मिलिलिटर, स्वादअनुसार नुन, चिनी–१० ग्राम, घिउ–१० मिलिलिटर ।

टपिङका लागि : हड्डी नभएको कुखुराको मासु–१०० ग्राम, अदुवा–२० ग्राम र लसुनको पेस्ट, खुर्सानीको धूलो–५ ग्राम, गरम मसला–५ ग्राम, धनियाँ–१० ग्राम र जिराको पाउडर, तोरीको तेल–२० मिलिलिटर, घिउ–२० मिलिलिटर, प्याज–२० ग्राम, भेंडेखुर्सानी–२० ग्राम, कागतीको रस–५ मिलिलिटर, चाट मसला–५ ग्राम, टोम्याटो केचप र स्वादअनुसार नुन ।

विधि : मैदाको पिठोमा माथिका सबै सामग्री राखेर मुछेपछि एक घन्टा छोपेर राख्ने । त्यसपछि कुखुराको मासुलाई मेरिनेट गरेर एक घन्टाका लागि छाडिदिने । मेरिनेट गरेको मासुलाई ग्रिल्ड गर्ने । मैदालाई लच्छा बनाएर आधा घन्टापछि बेल्ने । ताबामा घिउ राखेर पकाउने । त्यसमाथि तयार पारेको सामग्री राखेर फोल्ड गर्ने र बटर पेपरमा फोल्ड गरी सर्भ गर्ने ।

- गणेश विष्ट

सेफ, बाबर्ची रेस्ट्रो, बबरमहल

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>