तीजमा व्यस्त सुनिता
मेरा प्रायः तीज गीत सबै महिलामा समर्पित छन् । सोचमा परिवर्तन ल्याउने खालका सन्देश बोकेका छन् । परिवर्तनका पक्षमा छन् । माया–प्रेम र सम्बन्धभन्दा पनि विकास र परिवर्तनका लागि मेरा गीतले भूमिका खेलेका छन् ।

पौडी खेलाडी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । अमेरिकी पत्रिका‘फोर्ब्स’ले गौरिकालाई ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा राखेको हो ।
१८ वर्षीया गौरिकालाई प्रभावशाली युवामा समावेश गर्दै पत्रिकाले लेखेको छ, ‘गौरिका सिंह नौ वर्षको उमेरदेखि नै पौडीमा छिन् भने १२ वर्षदेखि नेपालका लागि प्रतिस्पर्धा गरिरहेकी छन् । उनले दक्षिण एसियाली खेलकुद–२०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितिन् । उनी रियो ओलम्पिक–२०१६ मा सबैभन्दा कम उमेरकी खेलाडी थिइन् । टोकियो ओलम्पिक–२०२० का लागि पनि उनी छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हु“दैछ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी उनी सद्भावना दूत हुन् ।’
उनीसहित ३० वर्षमुनिका ३० जना प्रभावशाली युवालाई ‘फोर्ब्स’ले ‘थर्टी अन्डर थर्टी एसिया’ को ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्टस्’ विधामा समावेश गरेको हो ।