मीरा राई (अल्ट्रा–धावक)

नारी संवाददाता

वैशाख १९, २०७८ एकै शब्दमा तपाईंले आफ्नो व्याख्या गर्नुपर्‍यो भने कसरी गर्नुहुन्छ ?

मेहनती र दृढ केटी ।

नेपाली छोरी विश्वमा तारा बनेर चम्किनुको पछाडिको रहस्य ?

मेरो परिश्रम–संघर्ष, केही गर्न चाहने भोक र मेरो परिवारको अभावलाई मैले शक्तिमा बदल्न चाहने आँट ।

प्रतिस्पर्धामा सबैभन्दा उत्तम कुरा के लाग्छ ?

आफूभित्रको प्रतिभा प्रस्फुटन र शुभेच्छुकको माया र सहयोग ।

धावक बन्न सक्नुका तीनवटा कारण ?

म बाल्यावस्थामा एकदम चुलबुले थिएँ । लामो हिँडाइमा कुम्लो बोकेर आमाको पछि लाग्थें । घर छाडेर आफ्नो लागि केही गर्छु भनेर निस्किएँ तब मलाई खेलप्रति मोह बढ्यो । काठमाडौं आउने मेरो स्थिति थिएन, मेरा गुरुले त्यो बाटो खुलाइदिनुभयो । अल्ट्रा ट्रेल रनिङमा अन्तर्राष्ट्रिय रूपमा चर्चित हुनका लागि मेरो मेन्टर हुनुहुन्छ, रिचर्ड बल, उहाँको ठूलो सहयोग छ ।

सफलता के कुराले दिलाउँदो रहेछ, पौरख कि कलाले ?

दुवै कुरा महत्वपूर्ण छन् । प्लेटफर्म पनि अत्यावश्यक कुरा हो ।

अविस्मरणीय दौड ?

नेपालको हिमालय आउटडोर फेस्टिबलको र विदेशका हरेक रेस महत्वपूर्ण छन् । सुरुको इटाली, फ्रान्स र युकेको रेस विशेष छन् । युकेको १२० किलोमिटर लामो अल्ट्रा म्याराथनमा ब्रेक गरेको हो अब त्यो रेस नै हुँदैन ।

आफ्ना हरेक खेल नछुटाई कसले हेरिदिए हुन्थ्यो भन्ने लाग्छ ?

मेरी आमाले ।

एउटा यस्तो कुरा जुन तपाईंको जितपछि सधै गर्ने गर्नुहुन्छ ?

युवालाई प्लेटफर्म दिने र केही सिकाउने प्रण गर्छु ।

हिँड्न सजिलो लाग्छ कि दौडिन ?

हिँड्न गाह्रो, दौडिन सजिलो ।

तपाईंलाई मनपर्ने खेलकुदसम्बन्धी कुनै भनाइ ?

‘खेलकुद जीवन हो ।’

महिनावारीले तपाईंको सफलतालाई कहिल्यै छेकेको छ ?

सुरु–सुरुमा महिनावारी नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । अबको पुस्ताले महिनावारीलाई प्राकृतिक चक्रका रूपमा लिनुपर्छ । यसलाई ठूलो इस्यु नबनाई उत्सवका रूपमा मनाउनुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>