Successfully Copied

कला प्रदर्शनी

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चित्रकारहरूले सामूहिक चित्रकला प्रदर्शनी गरे । नेपाल आर्ट काउन्सिलमा ९ कलाकार र क्लासिक ग्यालरीमा १० महिला कलाकारले कला प्रदर्शनी गरेका हुन् ।

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चित्रकारहरूले सामूहिक चित्रकला प्रदर्शनी गरे । नेपाल आर्ट काउन्सिलमा ९ कलाकार र क्लासिक ग्यालरीमा १० महिला कलाकारले कला प्रदर्शनी गरेका हुन् । क्लासिक ग्यालरीमा कलामा ‘स्त्रीशक्तिको प्रतिबिम्ब’ शीर्षकमा कलाहरू प्रदर्शन गरियो । उक्त ग्यालरीमा विधाता केसी, जस्मिन राजभण्डारी, सरिता डंगोल, सौरगंगा दर्शनधारी, सुशीला सिंह, रीति महर्जन, कुन्ती थापा मगर, रविता किसी, रुकुमणि श्रेष्ठ र नम्रता सिंह आदि कलाकारहरूको कला समेटिएको थियो । प्रदर्शनीमा महिला कलाहरूले प्रकृति, महिलाका कथा–व्यथा, कला, संस्कृति एवं वेशभूषा क्यानभासमा उतारेका थिए ।

त्यस्तै नेपाल आर्ट काउन्सिलमा कलाकार सुनीता राणा, नम्रता सिंह, सङ्गी श्रेष्ठ, सविता डंगोल, रीता मानन्धर, ज्यासमिन राजभण्डारी, प्रधि राणा, प्रमिला परियार, कृष्ण देवी महर्जन (पूजा) का चित्रहरूलाई प्रदर्शनीमा राखिएको थियो । ‘इन्सपायर’ शीर्षक दिइएको उक्त प्रदर्शनीमा महिलाहरूको सोचाइ, अनुभव, वेशभूषालगायतका चित्रहरू समावेश गरिएको थियो ।

 Image