पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
ललितपुरको बखुन्डोलमा प्राकृतिक कपडाको प्रयोग गरी स्वस्थ र वातावरणमैत्री फेब्रिक डिजाइन गर्न हब/बुटिक संचालनमा आएको छ । बजारमा पाइने कतिपय फेब्रिकले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले नयाँ अवधारणा अपनाइएको हब संचालिका रश्मि तण्डुकारले बताइन् । उनी भन्छिन्, ‘प्राकृतिक फेब्रिकले हाम्रो स्वास्थ्यलाई फाइदा मात्र पुर्याउँदैन आफ्नै देशमा उत्पादित स्रोत र साधनको सही उपयोग पनि हुन्छ ।’ हबमा कपडा रि–साइकल पनि गरिन्छ । गार्मेन्टमा भएका कपडा, पुरानो र बिक्री नभएको कपडामा नयाँ डिजाइन दिइन्छ । त्यस्तै, हबमा प्रयोग भएर बाँकी रहेका बेकारका कपडा पनि प्रयोगमा ल्याइन्छ । जसबाट टाई, ब्याग, टि–सर्ट आदि बनाइन्छ । यसको मूल्य ८ सयदेखि सुरु हुन्छ भने प्राकृतिक फेब्रिकबाट बनेका कपडाको २ हजार रुपैयाँबाट सुरु हुन्छ । यहाँ लेडिज र जेन्स दुवैको कपडा डिजाइन गरिन्छ ।