हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
वैशाख ८ का दिन राष्ट्रिय महिला आयोगले आयोगका क्रियाकलापको सम्बन्धमा चौमासिक रिपोर्ट प्रस्तुत गरेको छ । आयोग यसबीच कर्णाली प्रदेशबाहेक बा“की ६ प्रदेश र १९ वटा जिल्ला पुगेको छ । २१ माघमा पदाधिकारी नियुक्तस“गै आयोगले आफ्नो गतिविधि बढेको जनाएको छ ।
कार्यक्रममा आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले आयोगले पछिल्ला महिनामा गरेका काम कारबाही सम्बन्धी रिपोर्ट प्रस्तुत गरेकी थिइन् । साथै आयोग पञ्च वर्षे रणनीति योजना बनाएर अघि बढ्न लागेको जानकारी पनि उनले दिइन् । उनले आयोगले निर्धारित गतिविधि ५० प्रतिशत भन्दा बढी गर्न नसकेको स्वीकार गर्दै भविष्यमा रणनीति नै बनाएर अघि बढ्न लागेको बताइन् । कोभिड महामारी र लकडाउनको कारण पनि आयोगले चाहेजति काम गर्न नसकेको उनले जानकारी दिइन । यसैगरी आयोगकी सदस्य कृष्णकुमारी पौडल खतिवडाले आयोग संवैधानिक आयोग हुनाले महिलाविरुद्ध भएका हिंसामा सशक्त ढंगले आवाज उठाइरहेको स्पष्ट पारिन् । आयोगका सचिव मनोजकुमार आचार्यले महिलालाई उचित सम्मान, प्रतिनिधित्व र सहभागिताविना समाज अघि बढ्न नसक्ने हु“दा आयोग लैंगिक हिंसाविरुद्धको आन्दोलनमा सक्रिय भएर लागिपर्ने बताए ।