Successfully Copied

मट्का मःम

स्वादिष्ट पक्वान्नको स्वाद र स्वास्थ्य लाभलाई सन्तुलनमा राख्दै नक्सालस्थित निम्बु–क्याफे रेस्ट्रो बारले मट्का मःम पस्कदै आएको छ ।

अञ्जना योगी

सञ्चालक, निम्बु क्याफे रेस्ट्रो बार

केही दशकयता नेपालमा मःम सबैको मनपर्ने परिकार बनेको छ । यसको क्रेज बढ्नुको पछाडि यो सजिलै उपलब्ध हुनु, सस्तो, स्वादिलो र खानलाई सजिलो हुनु हो । सडकको ठेलादेखि रेस्टुराँको मेनु मःम बिना अधूरो छ । हामीमध्ये धेरैका लागि मःम मेनु सूचीमा अन्य खानेकुरामध्ये पहिलो विकल्प बनेको छ । तर, योसँगै स्वास्थ्य समस्याहरूबारे पनि चिन्ताहरू थपिएका छन् ।

यो स्वादिष्ट पक्वान्नको स्वाद र स्वास्थ्य लाभलाई सन्तुलनमा राख्दै नक्सालस्थित निम्बु–क्याफे रेस्ट्रो बारले मट्का मःम पस्कदै आएको छ । यो मःम स्वादिष्ट हुनुका साथै स्वस्थ पनि छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको खाना स्वादिष्ट हुनुपर्छ । तर, सत्य कुरा यो पनि हो कि प्रायः स्वस्थ खानाहरू स्वादिला हुँदैनन् र स्वादिष्ट खानाले हाम्रै स्वास्थ्यलाई राम्रो गर्दैनन् । त्यसोभए खानाको स्वाद र स्वास्थ्यलाई सन्तुलनमा कसरी राख्ने त ? मट्का मःम यही प्रयास हो । यसमा हामी नयाँ प्रयोग गर्दैछौं । मट्का मःम यही प्रयोगको उत्पादन हो ।

मट्का (माटोको भाँडो) मा पकाउँदा स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । माटोको भाँडामा स–साना छिद्र हुन्छन् । माटाको भाँडाले चिसो वा तातो दुवै किसिमको खानेकुरालाई सन्तुलित तापमानमा राख्छ । खाना मन्द ताप र गतिमा पाक्छ । यही कारण खानामा रहेको सुगन्ध, स्वाद र पोषकतत्व कायम रहन्छ ।

यसैगरी माटोको भाँडामा खाना पकाउनुका अरू थुप्रै फाइदा छन् । माटोमा खनिज, फलाम र फस्फोरसजस्ता तत्व प्राकृतिक रूपमा पाइन्छ, जुन खानामा घुलनशील हुन्छ । यसरी माटोको भाँडामा पकाएको खानेकुराबाट स्वतः यस्ता तत्व हामीले ग्रहण गर्न सक्छौं । साथै माटोमा क्षारीय तत्व हुन्छ, यसले खानामा अम्ल घुलनशील हुन्छ । त्यसैले गर्दा खानेकुरा पच्न पनि सहयोग गर्छ ।

(कुराकानीमा आधारित)

 Image