विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।
सुन्दर देखिन मोडल तथा अभिनेतृहरूले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौं । कतिपयले त कस्मेटिक सर्जरी गराएर पुरानो रूप नै बदलेका हुन्छन् । युक्रेनकी एक अभिनेतृ तथा मोडल अनास्तासिया पोक्रेस्चुक पनि अनौठो खाले कस्मेटिक सर्जरीका कारण चर्चित छिन् । कस्मेटिक सर्जरी गरेर उनले संसारकै सबैभन्दा ठूलो गाला बनाएकी छन् । ३२ वर्षकी अनास्तासियालाई अनुहार बदल्नका लागि ६ वर्ष लाग्यो । कस्मेटिक सर्जरीका लागि उनले २१ सय डलर खर्च गरिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना नयाँ र पुराना तस्बिरहरू शेयर गरेकी छन् । उनी कस्मेटिक सर्जरी अगाडि कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ । कस्मेटिक सर्जरीबाट उनको गाला अस्वाभाविक रूपमा उठेको छ र ओठ पनि फुलेका छन् ।