‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।

महिला हस्तकला मेला–२०७७ सम्पन्न भएको छ । फागुन २२ देखि सुरु मेला दुई दिन सञ्चालन भएको थियो । ‘हस्तकलाको प्रवर्द्धन महिला सशक्तीकरणको सम्बर्द्धन’ भन्ने नाराका साथ उक्त मेला ललितपुर महानगरमा सञ्चालन भएको हो । मेला नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाद्वारा संयुक्त रूपमा आयोजना गरिएको थियो । उक्त स्टलहरूमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको थियो । मेलामा धातु तथा कागजबाट बनाइएका सामान, काष्ठकला, धातुकला एवं ऊनी तथा ढाकाका पहिरनहरू प्रदर्शनीमा राखिएका थिए ।