प्रभावशाली गौरिका
पौडी खेलाडी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । अमेरिकी पत्रिका‘फोर्ब्स’ले गौरिकालाई ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा राखेको हो ।
राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिमिल्सिना नियुक्त भएकी छन् । मन्त्रिपरिषद्ले उनलाई पाँच वर्षका लागि नियुक्त गरेको हो । मुलुकको केन्द्रीय बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नर नियुक्त हुने उनी प्रथम महिला हुन् । फागुन १८ देखि उक्त पद रिक्त थियो ।
०५४ मा सहायक निर्देशकका रूपमा राष्ट्र बैंकमा प्रवेश गरेकी नीलमले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अस्ट्रेलियाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको राजस्थानबाट व्यवस्थापनमा पीएचडी गरेकी छन् । राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख भई काम गरेकी उनीस“ग अनुसन्धान र विदेशी विनिमय व्यवस्थापन विभागमा समेत काम गरेको अनुभव छ । नीलमले गभर्नरको निर्देशनलाई पूर्णरूपमा पालना गर्दै राष्ट्र बैंकको जिम्मेवारीलाई थप प्रभावकारी बनाउने बताएकी छन् ।