अनमोलले पहिरिन् मिस पिंक नेपाल २०२४ को ताज
पारलैङ्गिक महिलाहरुको सबलीकरण र सशक्तीकरणमा केन्द्रित मिस पिंक नेपाल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा अनमोल राईले मिस पिंक नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् ।

श्रीमान् र श्रीमतीबीच प्रेम अभिव्यक्त गरिएको ‘तिमी मेरो पूजा’ बोलको गीत प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ । ‘एस थ्री के’ नामक युट्युब च्यानलमार्फत यो गीत रिलिज गरिएको हो । गीतको शब्द–रचना प्रीति आत्रेय ज्ञवालीको रहेको छ भने ज्योतिप्रकाशले संगीत भरेका छन् । संगीत संयोजनमा राजेन्द्र बजगाईं,सिनेम्याटोग्राफीमा अजय रेग्मी, भिडियो सम्पादनमा विकास दाहाल रहेका छन् । मेलिना राईको स्वर रहेको गीतको भिडियोमा श्रीदेव भट्टराई र सम्पदा बानियाँलाई श्रीमान्–श्रीमतीको भूमिकामा देख्न सकिन्छ । सहायक कलाकारमा आर्या आत्रेय, भोजराज आचार्य, आर्या कोइराला, गणेश प्रसाईं र गीतका संगीतकार ज्योतिप्रकाशलाई समेत अभिनय गरेको देख्न सकिन्छ ।