मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
श्रीस्वस्थानी माधवनारायण व्रत गत माघ १५ गते (बिहीबार) देखि विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । भक्तपुरको हनुमान घाटमा पनि व्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरे । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एकमहिना घरघरमा स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ ।






तस्बिर : अंगद ढकाल