प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
श्रीस्वस्थानी माधवनारायण व्रत गत माघ १५ गते (बिहीबार) देखि विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । भक्तपुरको हनुमान घाटमा पनि व्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरे । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एकमहिना घरघरमा स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ ।






तस्बिर : अंगद ढकाल