ओराका सामान नेपालमा
चाइनिज कम्पनी ‘ओरा’ का इलेक्ट्रिक सामान नेपाल पनि भित्रिएका छन् । ओउराका घरायसी इलेक्ट्रिक उपकरण विशेष मानिन्छन् । अहिले नेपालमा ओउराका टेलिभिजन, रेफ्रिजेरेटर तथा भ्याकुम क्लिनर उपलब्ध छन् ।

भाष्कर ट्रेडिङले जापानी कम्पनी ‘स्पावेक’ को पिम्पल सोलुसन सिरम र पिम्पल चारकोल क्ले प्याक नेपाली बजारमा ल्याएको छ । चारकोल प्याकले स्किन टाइटनिंक तथा ब्राइटनिंगको काम गर्छ । पिम्पल सलुसन सिरम भने एकपटक डन्डिफोर आइसकेको छालामा प्रयोग गर्दा पुनः डन्डिफोर आउन दिँदैन । यी दुवै सौन्दर्य उत्पादन जापानी सामुद्रिक खनिज तत्वहरूबाट बनाइएको हो । जुनसुकै प्रकारको छालाका लागि उपयुक्त हुने गरी तयार पारिएको दाबी कम्पनीको छ ।