विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।

मंसिरको कृष्ण चतुर्दशीलाई बालाचतुर्दशीका रूपमा मनाइन्छ । पशुपतिमा यो चतुर्दशीका दिन भक्तजनको भीड लाग्छ । आफ्ना परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्न भक्तजनहरू पशुपति क्षेत्रमा जान्छन् । उनीहरूले त्यहाँ रहेका १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थलीसहितका स्थानमा शतबीज छर्छन् । कोरोना कहरका कारण पशुपति मन्दिरमा यो वर्ष प्रवेश निषेध गरिएकाले भक्तजनहरू मन्दिर परिसरभित्र छिर्न पाएनन् ।
तस्बिर : हेमन्त श्रेष्ठ