Successfully Copied

बाथरोगीका लागि

जाडो मौसममा वा चिसो बढेको समयमा बाथरोगीको समस्या अलिक बढ्छ । यस्तो समयमा बाथरोगीले प्रायः जोर्नी दुखाइ बढेको महसुस गर्छन् । चिसोमा प्रायः बिहानीपख जोर्नी बढी सुन्निने, अररो हुने, दुख्ने र मुठ्ठी कस्न गाह्रो हुन्छ ।

डा. श्वेता नकर्मी

बाथरोग विशेषज्ञ, नेसनल बाथरोग सेन्टर

जाडो मौसममा वा चिसो बढेको समयमा बाथरोगीको समस्या अलिक बढ्छ । यस्तो समयमा बाथरोगीले प्रायः जोर्नी दुखाइ बढेको महसुस गर्छन् । चिसोमा प्रायः बिहानीपख जोर्नी बढी सुन्निने, अररो हुने, दुख्ने र मुठ्ठी कस्न गाह्रो हुन्छ । गठिया बाथका बिरामीमा यो समस्या बढी देखिन्छ । जाडो मौसममा हात र खुट्टाका औंलाहरू सुन्निने र मोटा हुने, नीलो वा सेतो हुने समस्या पनि बढ्छ । यो ‘र्‍युनड्स फेनोमेनन’ अथवा ‘स्केलेरोडर्मा’ का बिरामीमा बढी हुन्छ । साथै जाडो मौसममा फोक्सोको संक्रमण हुने सम्भावना पनि बढ्छ । अन्यको तुलनामा बाथरोगीमा संक्रमण हुने सम्भावना अलि बढी हुन्छ । त्यसैले जाडो मौसममा बाथका बिरामीले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

- जाडो मौसममा सबै बिरामीले न्याना पहिरन लगाउनुपर्छ । यसैगरी हातखुट्टालाई न्यानो राख्नुपर्छ । पानी चलाउनुपर्दा मनतातो पानीको प्रयोग गर्ने, रबरको पन्जा पनि प्रयोग गर्न सकिन्छ ।

- औंलाको टुप्पामा घाउ हुन दिनुहुँदैन, घाउ भएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।

- छालालाई सधै नरम राख्नुपर्छ । यसका लागि मोस्चराइजर, ग्लिसिरिन वा नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

- स्वस्थ एवं सन्तुलित खानेकुरा खानुपर्छ । संक्रमणबाट बच्नुपर्छ ।

- इन्फ्लुयन्जा तथा निमोनियाँको भ्याक्सिन चिकित्सकको सल्लाहमा लगाउनुपर्छ ।

- औषधि नियमित रूपमा सेवन गर्नुपर्छ । बाथको परिमाण बढेको अवस्थामा चिकित्सकको सल्लाहअनुसार औषधि मिलाउनुपर्छ ।

- धूम्रपान गर्नु हुँदैन र धूलो एवं धूवाँमा पनि बस्नुहुँदैन ।

- चिसोमा धेरै बाहिर निस्कनुहुँदैन ।

 Image