Successfully Copied

२०७७ साल मंसिर महिनाको राशिफल

कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनसक्छ । महिनाको उत्तरार्द्ध राम्रो रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ ।

मेष

कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनसक्छ । महिनाको उत्तरार्द्ध राम्रो रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । व्यक्तिगत कामका लागि समय निस्कनेछ । कुनै राम्रो कुराले मनमा खुसी बढ्नेछ । व्यापारिक क्षेत्रबाट सफलता हात लाग्नेछ । नयाँ काम गर्ने अवसर पनि मिल्नसक्छ ।

वृष

बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनुका साथै एक–अर्काप्रति राम्रो समझदारी कायम रहनेछ । आफूले गरेको काममा अपेक्षित सफलता मिल्नेछ । व्यावसायिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ । व्यक्तिगत वा अफिसियल कामकाजले कतैको यात्रा हुनसक्छ । खानपानको राम्रो ख्याल गर्नसके सम्भावित पेट दुख्ने समस्याबाट बच्न सकिन्छ । काम गर्दा अपजस मिल्नसक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय भई लाग्ने प्रयत्न गर्नुहोला ।

मिथुन

योजनानुरूप सबै काममा सफलता मिल्दै जानेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । व्यावसायिक क्षेत्रमा सुधार हुनेछ । दाम्पत्य जीवन सुमधुर एवं सुखप्रद रहनेछ । साथीहरूसित भेटघाट गर्ने मौका जुट्नेछ । मनमा काम गर्ने उत्साह बढ्नेछ । शारीरिक एवं मानसिक रूपमा शरीर स्वस्थ रहनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । व्यक्तिगत खुसीका लागि समय निस्कनेछ । आफ्नो इच्छानुसार कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

कर्कट

आफन्त एवं परिवारजनसित भेटघाट गर्ने मौका मिल्नेछ । मनमा काम गर्ने उत्साह बढ्न जाँदा शरीर स्वतःस्फूर्त रहनेछ । साथीसंगीसित कतै घुमघाम गर्ने मौका जुट्न सक्छ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । एक–अर्काको मनको भावना बुझ्ने प्रयास गरे दाम्पत्य जीवन सुखमय रहनेछ । छोराछोरीले कुनै कुरालाई लिएर ढिपी गर्नसक्छन्, तिनकै भाषामा राम्ररी बुझ्नेगरी सम्झाउने प्रयास गर्नुहोला ।

सिंह

आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । आफ्नो गाउँठाउँको यात्रा हुनसक्छ । परिवारका सदस्यले तपाईंको इच्छा बुझी कार्य गर्ने प्रयास गर्नेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । आफ्नै प्रभुत्वमा सबै काम गर्न पाउँदा मनमा खुसी बढ्नेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट हुनेछ । कसैकसैलाई कुनै कुरामा सम्मान मिल्नसक्छ । व्यावहारिक कार्य गर्दा वैचारिक मतभेद हुनसक्छ ।

कन्या

दाम्पत्य जीवन सुखमय रहनुका साथै एक–अर्काप्रति राम्रो समझदारी कायम रहनेछ । पारिवारिक खुसीका निमित्त कुनै कुरामा खर्च हुनसक्छ । काम गर्ने जाँगर बढ्न गई शरीर पनि स्वतःस्फूर्त रहनेछ । तनाव हट्न जाँदा मन पनि प्रसन्न रहनेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । साथीसंगीसित भेटघाट गर्ने मौका मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यापारिक क्षेत्र पनि सफल रहनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ ।

तुला

कुनै कामका लागि निकै खट्नुपर्नेछ । सहयोगी हातहरू पछि हट्न जाँदा धपेडी हुनसक्छ । अलिकति समय आफ्ना लागि पनि छुट्याएर राख्नुहोला । पारिवारिक सुख मिल्नेछ । आकस्मिक उपहार प्राप्त हुनेछ । दाम्पत्य जीवन सुमधुर हुनुका साथै एक–अर्कामा राम्रो आत्मीयता कायम रहनेछ । विभिन्न सरसामानको जोहो हुनेछ । व्यक्तिगत खुसीका लागि कुनै कुराको किनमेल हुनेछ । टाउको वा आँखा दुख्नसक्ने भएकाले मसिनो कार्य गर्दा सजग रहनुहोला ।

वृश्चिक

यात्रा हुने योग रहेको छ । विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । कामको चाप बढ्नेछ । सानोतिनो कामका लागि पनि आफैं खट्नुपर्दा धपेडी हुनसक्छ । केही समय व्यक्तिगत कार्यका लागि छुट््याउनुहोला । पेट एवं मुटुका बिरामीहरूले स्वास्थ्यको ख्याल गर्नुहोला । सहयोगी हातहरू पछि हट्नसक्ने भएकाले कसैको सहयोगको अपेक्षा नगर्नु नै राम्रो हुनेछ । कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ ।

धनु

धेरैपछि साथीसंगीसित भेटघाट गर्ने मौका मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । अत्यावश्यक सामग्रीको किनमेल हुनेछ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । छोराछोरीले तपाईंको कुरा बुझी कार्य गर्ने प्रयास गर्नेछन् । छिमेकी एवं शत्रुवर्गले तपाईंविरुद्ध कान भर्ने प्रयास गर्नसक्छन्, सतर्क रही आफ्नो गोपनीयतामा जोड दिनुहोला । आफूमा भएको कार्यदक्षता र बोलीको प्रभावलाई कायम राख्नसके तपाईंका हरेक काम सफल हुँदै जानेछन् ।

मकर

मनमा कुनै नयाँ कार्य गर्ने विचार आउनसक्छ । यात्रा गर्ने योग छ । कुनै धार्मिक कार्यमा संलग्न भइएला । मनमा भएको तनाव हट्न जाँदा शरीर स्वतःस्फूर्त रहनेछ । योजनानुरूप सबै काम सम्पन्न हुँदै जानेछन् । कुनै कुराले मनमा खुसी एवं उमङ्ग बढ्नेछ । माइती एवं मावलीसित भेटघाट गर्ने मौका मिल्नेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग मिल्नेछ । कुनै आवश्यक सामग्रीको किनमेल हुनेछ ।

कुम्भ

कुनै कारणले रोकिएका कामहरूले गति लिन थाल्नेछन् । समस्याहरू क्रमशः समाधान हुँदै जानेछन् । धार्मिक कार्यमा संलग्न हुने मौका मिल्नेछ । माइतीपक्ष एवं दिदीबहिनीसित भेटघाट हुनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । आफ्नो इच्छानुसार किनमेल गर्ने समय निस्कनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट लिन बाँकी रहेको रकम फिर्ता मिल्नेछ । न्यायिक एवं प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ ।

मीन

पारिवारिक वातावरण सुखमय रहनेछ । सबैले तपाईंको इच्छाअनुरूप काम गर्ने प्रयत्न गर्नेछन् । माइती एवं साथीसंगीसित भेटघाट गर्ने अवसर जुट्नेछ । भाउजू–बुहारीबाट अपेक्षित माया एवं सद्भाव मिल्नेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ । आर्थिक एवं व्यापारिक पक्ष दुवै सुदृढ रहनेछन् । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । महिनाको पूवार्द्ध, उत्तरार्द्धको तुलनामा बढी नै दौडधूप गर्नुपर्ने देखिन्छ ।

 Image