चाडपर्व र स्वास्थ्य

प्रोटिनका लागि मासु नै खानुपर्छ भन्ने छैन । यसका लागि हामीले प्रयोग गर्ने दुई दलीय अन्नहरू दाल/गेडागुडी प्रयोग गर्न सकिन्छ । दाल/गेडागुडीमा भटमास र राजमा तथा सुख्खा फलमा बदाम, पिस्ता, काजु, ओखरमा प्रशस्तै प्रोटिन पाइन्छ ।

रामदेवी महर्जन

कार्तिक ६, २०७७चाडपर्व भन्नेबित्तिकै हामी मीठो खाने, राम्रो लगाउने र परिवार, छरछिमेक तथा साथीभाइसँग रमाउने गर्छौं । अझ पर्वमा हामी माछा, मासु, अण्डालगायतका परिकारलाई सम्झन्छौं र प्राय:यिनै बढी प्रयोग पनि गर्छौं । वास्तवमा यी खाद्यलाई शरीर संचालन, शरीर वृद्धि र शरीरलाई बलियो बनाउनका लागि चाहिने प्रोटिन स्रोतका रूपमा लिइन्छ । तसर्थ हाल संसारभर यी पदार्थहरूको धेरै प्रयोग हुन्छ । यसमा प्रोटिन त पाइन्छ तर रेसा, छोक्रा र बोक्रा भने न्यून हुन्छ । फलस्वरूप यसले कब्जियत गराउँछ । यो हुनु भनेको मोटोपनदेखि अरु दीर्घ–जीर्ण रोगहरू शरीमा प्रवेश गर्नु हो । 

प्रोटिनका लागि माछा–मासु नै खानुपर्छ  ?

प्रोटिनका लागि मासु नै खानुपर्छ भन्ने छैन । यसका लागि हामीले प्रयोग गर्ने दुई दलीय अन्नहरू दाल/गेडागुडी प्रयोग गर्न सकिन्छ । दाल/गेडागुडीमा भटमास र राजमा तथा सुख्खा फलमा बदाम, पिस्ता, काजु, ओखरमा प्रशस्तै प्रोटिन पाइन्छ । दाल/गेडागुडीलाई टुसा उमारेर खाूदा प्रोटिनसूगै रेसा/छोक्रा–बोक्रा प्रशस्तै पाइन्छ । त्यसैले चाडपर्वमा पनि टुसा उमारिएका गेडागुडीका परिकार बनाउन सकिन्छ जसले स्वास्थ्य पनि राम्रो हुन्छ । तर बाथ, युरिक एसिड, हाडजोर्नी दुख्ने, सुन्निने समस्या भएकाले टुसा उमारिएका गेडागुडी पनि खानु हूुदैन ।

कस्तो अवस्थामा प्रोटिन नखाने ?

  • उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, मुटु, मृगौला, स्वासप्रश्वासलगायत दीर्घ–जीर्ण रोग/समस्या भएकाहरूले प्रोटिनजन्य आहार लिनु हुूदैन ।
  • युरिक एसिड, हाडजोर्नी दुख्ने, सुन्निने समस्यामा खानु हूुदैन ।
  • मोटोपन, टाउको दुख्ने, कब्जियत, पायल्स, पेटका समस्यालगायत अन्य स्वास्थ्य समस्या भएकाले पनि प्रोटिन खानु हुूदैन ।
  • रुघा, खोकी, बान्ता, झाडापखाला, ज्वरो, घाउ–खटिराको अवस्थामा पनि प्रोटिनजन्य पदार्थ खानु हूुदैन ।
  • सामान्यत: स्वस्थ मानिसले यी पदार्थहरू मिलाएर खाूदा फरक पर्दैन तर दैनिक रूपमा स्वस्थ मानिसले पनि यी आहारप्रयोग गरेमा समस्या आउूछ ।

खाने उचित तरिका

स्वस्थ रहन सही तरिकाले खानपान गर्न प्रकृतिप्रेमी, निरोगधामले सजिलोसूग खान सकिने ।।।तीन बराबर आहार’ सूत्र प्रस्तुत गरेको छ जसमा हामीले दैनिक खाने अन्न एक भाग, हरिया सागसब्जी र काूचो खानेकुरा सलाद एक–एक भाग गरी तीनै थरीको लगभग बराबर मात्रामा मिश्रण हुन्छ ।

यसरी तीनै थरी बराबर मिलाएर खाूदा करिब ३३ प्रतिशत अन्न, करिब ३३ प्रतिशत हरिया सागब्जी र करिब ३३ प्रतिशत काूचो सलादको भाग पर्छ, जसमा हरियो सब्जी र काूचो सलाद दुई थरी गरी ६६ प्रतिशत रेसा, छोक्रा–बोक्राको मात्रा पुग्छ । यसले पाचनका लागि चाहिने रेसा प्रशस्त पुग्छ र पाचन राम्रो भई पेट सफा हुन्छ । यसले पेट बढ्दैन र अरु स्वास्थ्य समस्या हुन पाउूदैन ।

माछा–मासु, दाल/गेडागुडी खाूदा पनि सागसब्जी र सलादको मात्रा मिलाएर खाएमा हानि कम गर्न सकिन्छ । त्यसैले चाडपर्वमा पनि हरियो सागसब्जी र फलफूल बढी प्रयोग गर्नुपर्छ ।

मसला

माछा–मासु,तरकारी–अचार आदि बनाउूदा धेरै मसला, तेल राखी तार्ने वा भुट्ने चलन छ । खानामा स्वाद र मीठो गर्न जुन मसला प्रयोग गर्छौं त्यसको सही प्रयोगले शरीरलाई ताप दिनुका साथै बाहिरी किटाणुहरूबाट बचाई कफ रोगसम्बन्धमा प्रतिरोध क्षमता बढाउने काम गर्छ । तरमसलाहरूकोधेरै प्रयोगले शरीरमा गर्मी हुने समस्या हुन्छ । साथै मसलालाई तेलमा डढाउने, भुुट्ने गर्नु हुूदैन । मसलाहरू तरकारी पाकेपछि राख्नु स्वस्थकर हुन्छ । धेरै चिल्लो, तारेभुटेको र धेरै मसलाको प्रयोगले समस्या हुन्छ । तसर्थ आफ्नो शरीरको अवस्था र वातावरण हेरी मसलाको प्रयोग गर्नुपर्छ ।

पानी

खानासूगै पानीको पनि उचित प्रयोग हुनुपर्छ । बिहान उठ्नेबित्तिकै खाली पेटमा करिब एक लिटर पानी पिउनुपर्छ भने दिनमा प्रतिघन्टा एक–एक गिलासका दरले चार–पाूच बजेसम्म पिउनुपर्छ । कुनै पनि ठोस आहारसूग पानी नलिने र बेलुकी सुत्दा एक गिलास पानी पिएर सुत्ने ।

स्वस्थ रहन व्यायाम

हामी खाना खान्छौं तर खाना खाएपछि शरीरले त्यसलाई पाचन गर्न कत्ति समय लाग्छ, शरीरमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा ख्याल गर्दैनौं । मानिसलाई स्वस्थ रहन र खाएको खाना राम्रोसूग पच्न दैनिक ४५ मिनेटदेखि एक घन्टा शरीरका सम्पूर्ण मांसपेशी र जोर्नीहरू संचालन हुने व्यायाम हुनुपर्छ । चाडपर्वमा त झन् खाना भारी खान्छौं र परिश्रम भने कम हुन्छ । त्यसैले व्यायाम अनिवार्य हुनुपर्छ ।

कस्तो व्यायाम गर्ने

हाम्रो शरीरमा सबैतिर रक्त, श्वास र स्नायु संचालन भैरहन्छ । तसर्थ शरीरका सबै जोर्नीहरू र मांसपेशी, स्नायु र रक्तसंचारलाई सुचारु गर्ने खालका व्यायामहरू गर्नुपर्छ । यसका लागि योग–व्यायाम निकै उपयोगी हुन्छ ।

योग–व्यायाम गर्ने तरिका

१. वार्म–अप : जुनसुकै व्यायाम पनि वार्म–अपबाट सुरु गर्ने ।  शरीरका हातखुट्टा, गर्दन, टाउको चलाउने, तन्काउने अगाडि–पछाडि, दायाू–बायाू मोड्ने आदि १० देखि १५ मिनेट गर्ने । वार्म–अपले शरीरलाई तातो बनाई शरीरका मांसपेशी र स्नायुलाई लचिलो र खुकुलो गरी आसन गर्न तयार गर्छ ।

२. सूर्य नमस्कार : वार्म–अपपछि सूर्य नमस्कार गर्ने । सूर्य नमस्कारमा १२ वटा आसन छन् जसको अभ्यासले शरीरका सम्पूर्ण जोर्नीहरूको लचकता बढाई सम्पूर्ण शरीरको व्यायाम गराउूछ । यसलाई बिस्तारै, मध्यम र तीव्र चार–चार राउन्ड गरी १२ राउन्ड गरिन्छ ।  समय अभाव भएमा सूर्य नमस्कार मात्र गरे पनि धेरै लाभ हुन्छ ।

३. सुतेर गर्ने पेटका आसनहरू : सुतेर गर्ने आसनले ग्यास निस्कासन गरी पेटको बोसो घटाउन मद्दत गर्छ । 

४. उठेर गर्ने व्यायामहरू : उठेर गर्ने आसनहरूले आन्द्रालाई तन्काई आन्द्रामा रहेको मल निस्कासन गर्न पनि मद्दत गर्छ । त्यसैले यसलाई कब्जियत खुलाउने आसन पनि भनिन्छ । 

अश्वासन :  सबै आसन गर्न सकेपछि अश्वासन गर्ने ।

शवासन : व्यायामपछि शवासन अर्थात् आराम आसनमा बस्नुपर्छ ।  सम्पूर्ण शरीरलाई खुकुलो राखी उत्तानो सुती आूखा, मुख बन्द गर्ने र श्वास र शरीरमा ध्यान दिने । तीनदेखि पाूच मिनेट आराममा बस्ने । यसले थाकेको शरीरमा पुन: ऊर्जा बढाउूछ । यो शरीरलाई आराम चाहिएको अवस्थामा जुनसुकै बेलामा पनि गर्न सकिन्छ ।

प्राणायाम : प्राणायाम जहिले पनि व्यायामको अन्त्यमा गर्नुपर्छ । योगमा गरिने प्राणायामले प्राण अर्थात्श्वासलाई नियन्त्रण गर्न सहयोग गर्छ । प्राणायाममा नाडी शोधन प्राणायामहरू अनुलोम, बिलोम, सरल प्राणायाम ५ देखि १० मिनेट गर्न सकिन्छ । यसले मन र शरीरलाई तनावमुक्त बनाउूछ ।

योग–व्यायाम गर्न नसकेमा बिहान स्वच्छ हावामा एक घन्टा हिूड्न सकिन्छ । बाहिर जान नमिलेमा आफ्नो आूगन वा कौसीमा पनि हिूड्न सकिन्छ भने व्यायाम गर्न नभ्याएको अवस्थामा घरकै व्यायाम हुने कामहरू सरसफाइ, करेसाबारी गोडमेल आदि गर्न सकिन्छ ।

बुझ्नुपर्ने कुरा

सधै स्वस्थ रहन उचित व्यायाम हुनुपर्छ तर योगमा गरिने व्यायाम, आसनमात्रै सबथोक होइन । अहिले योगलाई व्यायाम, आसन र प्राणायाम मात्र भनेर बुझिन्छ । योग भनेको आसन र प्राणायाम मात्र नभई उचित आहार, विहार र विचारसहितको समग्र स्वास्थ विज्ञान हो । तसर्थ जुनसुकै व्यायाम गर्दा पनि आहार, विहार र विचार उचित हुनुपर्छ । उचित आहार, विहार र विचारसूगै गरेको व्यायामले मात्र पूर्ण लाभ मिल्छ ।

व्यायाम गर्दा ध्यान दिनुपर्ने कुराहरू

  • व्यायाम बिहान, सबेरै खाली पेटमै गर्नु उपयुक्त हुन्छ ।
  • बिहान उठ्नेबित्तिकै दुईदेखि चार गिलास मनतातो पानी पिएर पेट सफा भएपछि गर्ने ।
  • अन्य समयमा गर्नुपरेमा भारी खाना खाएको चार घन्टापछि र हल्का खाजा वा फलफूल खाएको दुई घन्टापछि र बिहान पानी पिएको १५ मिनेटमा गर्न सकिन्छ ।
  • जुनसुकै व्यायाम गर्दा मुख बन्द हुनुपर्छ । मुख खुल्ला राखेर व्यायाम गरेमा छातीलाई अप्ठेरो हुन्छ ।
  • सम्पूर्ण व्यायाम नै श्वासको तालमा गर्ने हुूदा श्वासमा ध्यान दिएर गर्ने ।
  • व्यायाम हरियाली भएको खुल्ला ठाउूमा गर्नु उचित हुन्छ । कोठामा गर्नुपर्दा झ्यालढोका खोलेर हावादार बनाएर गर्ने ।
  • व्यायाम एकै पटक सकी/नसकी बलपूर्वक नगर्ने । बिस्तारै आफ्नो क्षमताअनुसार गर्दै जाने ।
  • पहिलो पटक व्यायाम गर्दा जिउ दुख्न सक्छ । तर दुख्यो भनेर नगरी नबस्ने । बिस्तारै आफ्नो क्षमतानुसार गर्दै जाूदा चार दिनदेखि एक सातामा पीडा कम भई जिउ तगडा हुन्छ ।
  • व्यायाम सकिनेबित्तिकै खानु हुूदैन । व्यायाम सकेको कम्तीमा ३० देखि ४५ मिनेटपछि मात्र खाने । मानतातो पानी भने १० देखि १५ मिनेटमा खान सकिन्छ ।
  • त्यसैगरी बेलामा सुत्ने बेलामा उठ्ने, बिहान सधै नुहाउने, मेरुदण्ड सदा सोझो खुकुलो राख्ने ।
  • व्यायामसूगै योग अनुशासन र खाना पनि मिलाउनुपर्छ । अनि मात्र व्यायामको पूर्ण लाभ मिल्छ ।

कस्तो अवस्थामा व्यायाम नगर्ने ?

  • महिलाले महिनावारी हुूदा चार दिनसम्म पेटमा दबाब पर्ने भारी व्यायाम नगर्ने ।
  • मोटाहरूले पहिला खाना मिलाई तौल घटाएर मात्र व्यायाम गर्ने अथवा हल्का व्यायाम गर्न सकिन्छ । उफ्रने, कुद्ने भने गर्नु हुूदैन ।
  • तीव्र रोगहरू जस्तै रुघा, झाडाबान्ता, निमोनिया, जन्डिस आदिमा व्यायाम गर्नु हुूदैन
  • उच्च रक्तचाप भएकाहरूले शिर निहुरिएर गर्ने आसनहरू नगर्ने ।
  • घुूडा दुखाइ, कम्मर दुखाइ वा अन्य ठाउूमा दुखाइ भएकाले नदुख्ने हदसम्म मात्र व्यायाम गर्ने । अन्य जटिल स्वास्थ्य समस्या भएकाहरूले अनुभवी वा विज्ञसूग  सल्लाह लिएर मात्र व्यायाम गर्ने ।
  • मेरुदण्डको भर्टेब्राहरूबीचको ।।।डिस्क स्लिप’ भएर हुने चर्को दुखाइमा, पेटमा घाउ वा अप्रेसन गरेको अवस्थामा पनि व्यायाम नगर्ने ।

तस्बिर : रामदेवी महर्जन

(रामदेवी महर्जन योग तथा उचित आहार, विहार, विचार प्रशिक्षक हुन् ।)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>