सुरुवाती अवस्थामा थाहा पाएमा उपचार संभव छ ।
स्तन क्यान्सर महिलालाई मात्र होइन पुरुषलाई पनि हुन्छ । तसर्थ आफ्नो जीउ, अंग, छाला कस्तो अवस्थामा छ त्यसतर्फ सदा सचेत रहौं ।
रक्षा क्यान्सर केयर सोसाइटीका अध्यक्ष डा सृष्टी श्रेष्ठ प्रजापतिले क्यान्सर जीवनको पूर्णबिराम नभई क्यान्सर पछिको जीवन पुनर्जीवन रहेको बताइन् । उनले समयमा नै क्यान्सरको सही उपचार भएमा पूर्ण रुपमा निको हुने बताइन् ।
क्यान्सर रोग विश्वमा बढ्दै गइरहेको र स्तन क्यान्सर पहिलो स्थानमा छ ।