Successfully Copied

न्याय पाउन व्यस्त समाज

भन्दछन् सबैले, आयो महिला र पुरुषबीच समानता हेर्न पाइन्न न्याय जब महिलाको हकमा आउँदा स्वामित्व र सरकार पुरुषको हैकममा खोजिएछ सुरक्षा र न्याय महिलाको हकमा आन्दोलन र विरोध चर्काचर्की गरेर न्यायका पाना–पाना लथालिङ्ग फालिएर खोज्दछन् न्याय महिलाको हकमा

कविता

भन्दछन् सबैले, आयो महिला र पुरुषबीच समानता

हेर्न पाइन्न न्याय जब महिलाको हकमा आउँदा

स्वामित्व र सरकार पुरुषको हैकममा

खोजिएछ सुरक्षा र न्याय महिलाको हकमा

आन्दोलन र विरोध चर्काचर्की  गरेर

न्यायका पाना–पाना लथालिङ्ग फालिएर

खोज्दछन् न्याय महिलाको हकमा

पाइन्छ हार, सेलाएर जान्छ

अब गर्छु र गर्नेछु भन्दैमा अर्कै घटना घट्छ

बोक्सीको आरोपमा महिलालाई अझै छ समाजमा दुर्दशा

पुरुष बलात्कारीलाई  गरिएछ बेवास्ता

गुहार–पुकार गर्दछन् बारम्बार

जोखिममा  महिला र बालिका घरदेखि बाहर ।

    

वर्षौं एउटा घटनाको न्याय पाउन व्यस्त समाज

दिनहुँ बढ्दैछ यस्ता कुकर्म र दुष्कर्म काज

समाजकर्मी  र पत्रकार गर्नसम्म गर्दैछन् पर्दाफास

बेवास्ता पूर्ण अन्धो आँखा र बहिरो कानको अब के काज

बोक्सीको आरोपमा महिलालाई जसरी गर्दैछन् दण्डित अझै समाज

कानुन र दण्डको पर्खाइमा कयौंका गए ज्यान र लाज

महिला दण्डित गर्न सक्ने अग्रसर समाज

बलात्कारी पुरुषको किन छोप्दैछ लाज

गर्भदेखि पीडित महिला, जीवनभर जोखिममा

बलात्कार गरी हत्यासम्म गर्ने पापी, घुम्दैछन् टोल–समाजमा

महिला भएर, बोक्सी महिलालाई दिशा र मूत्र खुवाउने आँट छ

दुष्कर्मी  पापीलाई आफन्त पुरुषले पक्कै बचाएको हुनुपर्छ ।

गर्दछन् नक्कल मित्र देशको, संरचनाको हरेक पक्षमा

खै त कानुन छिमेकीजस्तै आफ्नो देश र समाजमा

लुकेर दुष्कर्म गर्ने पापी, छल्दैछन् कानुन, सबलाई ढाँटी

शिक्षामा पहुँच, रोजगारीको अवसर, पुगाएर स्वास्थ्यमा सुधार

अभाव मात्र सुरक्षाको, त्यसकै फाइदा उठाई, दुष्कर्मीले गर्दैछ प्रहार ।

कानुन र न्याय नाम मात्रको,जब नैतिकता नै हुन्छ पतन

लालनपालन र  सामाजिकीकरण, खै केको कमीले, दिन्छ यी पापीको जन्म

वर्षौं एउटा घटनाको न्याय पाउन व्यस्त समाज

दिनहँु बढ्दैछ यस्ता कुकर्म र दुष्कर्म काज ।

 Image