Successfully Copied

२०७७ साल कार्तिक महिनाको राशिफल

कुनै कामविशेषले यात्रा हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट हुनेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । १०–१६ गतेसम्मको समय तपाईंको अनुकूल हुनेछ । साथै तपाईंको इच्छानुसार समययापन गर्ने मौका मिल्नेछ ।

मेष

कुनै कामविशेषले यात्रा हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट हुनेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । १०–१६ गतेसम्मको समय तपाईंको अनुकूल हुनेछ । साथै तपाईंको इच्छानुसार समययापन गर्ने मौका मिल्नेछ । पेट दुख्ने योग भएकाले खानपानमा उचित ध्यान दिनुपर्ने बेला छ । एक–अर्काको मनको भाव राम्ररी बुझ्न सके दाम्पत्य जीवन सुमधुर रहनेछ । सकेसम्म आफ्नो कार्य आफै गर्नुहोला । कसैबाट कुनै कुराको अपेक्षा नगर्नु नै लाभदायक रहनेछ ।

वृष

मनमा भएको तनाव हट्नेछ । काम गर्ने जाँगर बढ्न गई शरीर पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवनमा एक–अर्काको सुख–दुःख बुझी काम गर्ने प्रयास हुनेछ । आफन्त एवं इष्टमित्रसित भेट्ने मौका जुट्नेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कहिलेकाहीँ छोराछोरीले जिद्दी गरे पनि राम्ररी सम्झाउँदा भनेको कुरा अवश्य मान्नेछन् । कसै–कसैलाई यो महिनामा सन्तान लाभको योग रहेको छ । शेयरसम्बन्धी कारोबारमा महिनाको मध्यमा उतारचढाव भए पनि स्थिति फेरि साम्य हुनेछ ।

मिथुन

काम गर्ने पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा भएको तनाव हट्न जाँदा मन प्रसन्न रहनेछ । १०–१६ गतेसम्मको समय तपाईंको अनुकूल हुनेछ । आफ्नो इच्छानुसार समय व्यतीत गर्ने मौका मिल्नेछ । साथीसंगीसित भेटघाट गर्ने अवसर जुट्नसक्छ । दाम्पत्य जीवन सुमधुर हुनुका साथै एक–अर्काको सुख–दुःख र भावनालाई बुझी कार्य गर्ने प्रयत्न हुनेछ । प्रतिस्पर्धीहरूले तपार्इंलाई दुःख दिने प्रयास गर्नसक्छन्, सतर्क रहनुहोला ।

कर्कट

पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । साथै आपसी सम्बन्धमा प्रगाढता बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि राम्रो सफलता मिल्नेछ । आफन्त एवं इष्टमित्रसित रमाइलो समय बिताउने मौका मिल्नेछ । कसै–कसैलाई यो महिनामा कुनै कार्यका निमित्त सम्मान मिल्न सक्छ । इच्छानुसार किनमेल गर्ने समय निस्कनेछ । रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

सिंह

मनमा भएको तनाव हट्नेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । कुनै कामविशेषले यात्रा हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । रक्तचापको मात्रामा घटबढ हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुहोला । व्यक्तिगत क्रियाकलापमा सफल भइनेछ । आफ्नो इच्छानुसार काम गर्ने समय निस्कनेछ । सोचेअनुरूप सबै कार्य सम्पन्न हुँदा मन प्रसन्न रहनेछ ।

कन्या

पारिवारिक सुख एवं सहयोग मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । घरका कुनै सामग्रीमा हेरफेर हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आफ्नो इच्छानुसार काम एवं किनमेल गर्ने मौका मिल्नेछ । कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि कुनै कुराले मनमा तनाव हुनसक्छ । सकेसम्म धैर्य, शान्त र सकारात्मक रहने प्रयास गर्नुहोला । सहयोगी हातहरू पछि हट्नसक्छन्, काम गर्दा सकेसम्म कसैबाट कुनै कुराको अपेक्षा नगर्नुहोला ।

तुला

व्यक्तिगत वा कार्यालयको कामकाजले कतैको यात्रा गर्नुपर्ला । मनमा भएको तनाव हट्न गई काम गर्ने जाँगर बढ्नेछ । शरीर पनि स्वस्थ रहनेछ । घरमा कुनै सर–सामग्रीमा हेरफेर हुनसक्छ । कुनै कारणले रोकिएको काममा सफलता हात लाग्नेछ । तपाईंविरुद्ध कुरा काट्नेहरू आफै तर्किएर हिँड्नेछन् । सामान किन्दा डबल खर्च हुनसक्ने भएकाले सूची बनाई सामान किन्नुमा नै बुद्धिमानी हुनेछ ।

वृश्चिक

व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । घरमा विभिन्न सरसामानको जोहो हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । साथीसंगीसित रमाइलो भेटघाट गर्ने अवसर जुट्नसक्छ । महिनाको १०–१६ गतेसम्मको समय तपाईंकै प्रभुत्वमा रहनेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । दाम्पत्य जीवनमा कुनै कुरामा सामान्य मतभेद भए पनि माया एवं समझदारी भने कायमै रहनेछ । शेयरको कारोवारमा उतारचढाव हुनसक्छ ।

धनु

 सोचेअनुरूप सबै काममा सफलता मिल्दै जानेछ । यो महिना घरायसी कार्यमा केही व्यस्तता हुनसक्छ । घरमा कुनै–कुनै कुरा एवं सामग्रीमा हेरफेर हुनसक्छ । धार्मिक कार्यप्रति आस्था बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । तपाईंको इच्छाको सबैद्वारा उचित कदर हुनेछ । माइतीपक्षबाट अपेक्षित माया, सहयोग एवं सद्भाव पाइनेछ । दाम्पत्य जीवनमा एक–आपसमा अपेक्षित माया, विश्वास एवं समझदारी कायम

रहनेछ ।

मकर

सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । रोकिएका कामहरू पनि पूर्णतातिर उन्मुख हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा एक–अर्काप्रति राम्रो समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । आफ्नो इच्छानुसार किनमेल गर्ने एवं समय बिताउने समय निस्कनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । सबैले तपार्इंको इच्छा बुझी कार्य गर्ने प्रयास गर्नेछन् । परिवार वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ ।

कुम्भ

पारिवारिक सुख मिल्नेछ । घरमा कुनै–कुनै सामग्रीमा हेरफेर हुनसक्छ । परिवारका सदस्यहरूले तपाईंको सुख–दुःख बुझी कार्य गर्ने प्रयास गर्नेछन् । १०–१६ गतेसम्मको समय तपाईं अनुकूल हुनेछ । आफ्नो इच्छानुसार समय व्यतीत गर्ने मौका मिल्नेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । अनावश्यक एवं डबल खर्च हुनसक्ने भएकाले किनमेल गर्नुपूर्व सामानको लिस्ट बनाउनु लाभदायक हुनेछ ।

मीन

योजनानुरूप कार्यमा सफलता मिल्दै जानेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । व्यावसायिक क्षेत्र फस्टाउँदै जानेछ साथै आर्थिक पक्ष पनि सुदृढ रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । परिवारमा कसैलाई स्वास्थ्य समस्या हुनसक्ने भएकाले सबैको उचित खानपानको ख्याल गर्नुपर्ने बेला छ । कुनै कुराले गर्दा मनमा अनावश्यक तनाव हुनसक्छ, आफूलाई सकेसम्म धैर्य र सकारात्मक राख्ने प्रयास गर्नुहोला ।

 Image